काठमाडौं। आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि आवश्यक तयारी गर्न तीन निकायले १७ अर्ब रुपैयाँभन्दा बढी रकम माग गरेका छन्।
निर्वाचन आयोग, गृह मन्त्रालय र नेपाली सेनाले निर्वाचनको लागि उक्त रकम माग गरेका हुन्। निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठकाअनुसार आयोगले निर्वाचनको लागि अर्थ मन्त्रालयसँग सात अर्ब सात करोड ९४ लाख ८० हजार रुपैयाँ माग गरिएको छ।
यस्तै, कोभिड–१९ को महामारीका कारण त्यससँग सम्बन्धित सुरक्षा सतर्कताका लागि ३७ करोड ४१ लाख ७४ हजार रुपैयाँ आयोगले अर्थसँग माग गरेको छ।
गृह मन्त्रालयले निर्वाचनको लागि नाै अर्ब रुपैयाँ अर्थसँग मागेको छ। गृह अन्तर्गतको तीन वटा सुरक्षा निकायको लागि उक्त रकम माग गरिएको हो।
गृहले निर्वाचनको लागि एक हजार छ सय वटा सवारी साधनको आवश्यक पर्ने जनाएको छ। गृहमन्त्रालयका अनुसार नेपाल प्रहरीले निर्वाचनलाई भनेर एक हजार एक सय वटा गाडी मागेको छ । यस्तै, सशस्त्र प्रहरी बलले पाँच सय वटा गाडी माग गरेको छ।
यसैगरी, राष्ट्रिय अनुसन्धान विभागले समेत गृहसँग निर्वाचनकै लागि भनेर केही सवारी साधन माग गरेको छ। नेपाली सेनाले निर्वाचनको लागि आवश्यक तयारी गर्न औपचारिक रुपमा गृहसँग रकम माग गरिनसके पनि खर्चको हिसाब भने निकालेको छ। अनौपचारिक रुपमा भने सेनाले जानकारी गराइसकेको छ।
“निर्वाचनमा खटिन सेनाको लागि एक अर्बभन्दा बढी रकम आवश्यक पर्छ। सवारी साधन र हेलिकप्टरमा बढी खर्च हुन्छ”, नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै २०७८ वैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरेको थिइन्। यसैअनुसार आवश्यक तयारी गर्न विभिन्न निकायले अर्थसँग रकम माग गरेका हुन्।
सरकारले यसैसाता वैशाखमा पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ वटा जिल्लाहरुमा निर्वाचन गराउने निर्णय गरिसकेको छ।
पहिलो चारण अन्तर्गत वैशाख १७ गते प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा रहेका ४० जिल्लामा निर्वाचन गरिने छ।
यस्तै, दोस्रो चरणमा प्रदेश १, कर्णाली प्रदेश र बागमती प्रदेशमा रहेका ३७ जिल्लामा निर्वाचन गरिने छ।
" /> काठमाडौं। आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि आवश्यक तयारी गर्न तीन निकायले १७ अर्ब रुपैयाँभन्दा बढी रकम माग गरेका छन्।निर्वाचन आयोग, गृह मन्त्रालय र नेपाली सेनाले निर्वाचनको लागि उक्त रकम माग गरेका हुन्। निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठकाअनुसार आयोगले निर्वाचनको लागि अर्थ मन्त्रालयसँग सात अर्ब सात करोड ९४ लाख ८० हजार रुपैयाँ माग गरिएको छ।

">