काठमाडौं। नेपालबाट विदेशतर्फ सुनबाट बनेका गरगहना निर्यात हुन थालेको छ। भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ बाट नेपालबाट सुनका गरगहना निकासी हुन थालेको छ।
सरकारले यही आर्थिक वर्षदेखि निर्यात/आयातका लागि चाहिने एचएस कोड उपलब्ध गराएपछि सुनका गहना निर्यात हुन थालेको हो। अघिल्लो आर्थिक वर्षहरूमा निकासी नै हुँदैन थियो।
तर यस आर्थिक वर्षको ६ महिनासम्ममा नेपालबाट १२ करोड ३६ लाख रूपैयाँ बराबरको निकासी भएको छ।
यसमध्ये १० करोड ६३ लाख रूपैयाँ बराबरको छ हजार ५६५ ग्राम निकासी भएको छ। यस्तै, एक करोड ७३ लाख रूपैयाँ बराबरको दुई किलोग्राम गहना निर्यात भएको विभागले जानकारी दिएको छ।
यसैगरी, यही अवधिमा नेपालबाट ११ करोड २४ लाख रूपैयाँको चाँदीका गरगहना निकासी भएको देखिएको छ। अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा १६ करोड ८५ लाख रूपैयाँको चाँदीबाट बनेका गहना निकासी भएको थियो।
यस वर्षको ६ महिनाको अवधिमा भएको निकासीको तुलनामा पाँच करोड ६१ लाख रूपैयाँले मात्रै बढी हो।
कुन देशमा जान्छ सुनचाँदीको गहना?
तथ्यांकअनुसार नेपालबाट निर्यात हुने सुनचाँदीका गरगहना तीनवटा देशमा जाने गरेको छ। यस वर्षमा नेपालबाट निर्यात भएका सबै सुनका गहना अस्ट्रेलिया, हङकङ र अमेरिकामा गएको देखिएको छ।
यसमध्ये सबैभन्दा बढी अमेरिकामा सात करोड ८४ लाख रूपैयाँको गहना निकासी भएको छ। यसपछि हङकङमा दुई करोड ४९ लाख र अस्ट्रेलियामा दुई करोडको गहना निकासी भएको विभागले जानकारी दिएको छ।
यसै गरी, नेपालबाट निकासी हुने चाँदीका गरगहना १५ वटा मुलुकमा जाने गरेको छ। अस्ट्रेलिया, बेल्जियम, क्यानडा, फ्रान्स, जर्मनी, हङकङ, जापान, नेदरल्याण्ड्समा निर्यात हुँदै आएको छ।
यस्तै, पोर्चुगल, रसिया, सिंगापूर, स्वीजरल्याण्ड, ताइवान, बेलायत र अमेरिकामा समेत चाँदीबाट बनेका गरगहना निकासी हुँदै आएका छन्।
यसमध्ये सबैभन्दा धेरै अमेरिकामा आठ करोड ७४ लाख रूपैयाँका चाँदीका गहना निर्यात भएको छ।
निकासीमा चुनौती नै चुनौती
नेपालबाट सुनका गरगहना निकासी गर्न चुनौती नै चुनौती रहेको सुनचाँदी व्यवसायीहरू बताउँछन्। उनीहरूका अनुसार सुनचाँदीको गहना निकासीमा नीतिगतदेखि व्यावहारिक समस्या छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले मागेअनुसारको सुन नपाउँदा निर्यात गर्नै नसकेको बताए। हाल सरकारले देशभरका व्यवसायीलाई दैनिक १० किलो मात्रै सुन दिँदै आएको छ।
विदेशी मुद्राको सञ्चित गर्ने भन्दै व्यवसायीले आवश्यकताभन्दा कम सुन पाउँदै आएका छन्। यसरी आवश्यकताभन्दा कम सुनले देशको मागलाई नै नपुग्ने शाक्यले बताए।
“दैनिक १० किलो सुन सातै प्रदेशका व्यवसायीलाई बाँड्नुपर्छ। त्यो सुनले नेपालको दैनिक माग नै धान्दैन। निर्यात त परको कुरा,” उनले भने।
यसै गरी, हाल सरकारले नेपालबाट निकासी हुँदै आएको चाँदीको गरगहनामा निर्यातको ३५ प्रतिशत रकम निर्यात प्रोत्साहनस्वरूप व्यवसायीले पाउँछन्। तर सुनका गरगहना निर्यात गर्दा जम्मा १५ प्रतिशत रकम मात्र प्रोत्साहन पाउँदै आएका छन्। कम प्रोत्साहन रकम पाउँदा नाफा नहुने भएकाले पनि व्यवसायीले सुनको गहना निकासीमा चाहना नदेखाएको शाक्यको भनाइ छ।
यी दुईवटा नीतिगत समस्या मात्र नभई आयात/निर्यात गर्ने सिपिङ कम्पनीले पनि सुनबाट बनेका गहनाको निकासीमा अवरोध गर्छन्। खास गरी, महँगो मूल्य हुने भएकाले सिपिङका क्रममा ड्यामेज हुन सक्ने भएकाले उनीहरूले सुनका गहना बोक्नै डराउँछन्।
त्यसै गरी, निकासी हुने सुनचाँदीको गहनाको इन्स्योरेन्सको व्यवस्था गरेमा सिपिङ कम्पनीले सहजै निर्यात गर्न सक्ने व्यवसायीहरूको भनाइ छ। विदेशमा प्रशस्त माग भए पनि आवश्यकताअनुसार उत्पादन गर्न नसक्दा निकासी बढ्न नसकेको उनीहरू बताउँछन्।
" /> काठमाडौं। नेपालबाट विदेशतर्फ सुनबाट बनेका गरगहना निर्यात हुन थालेको छ। भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ बाट नेपालबाट सुनका गरगहना निकासी हुन थालेको छ।सरकारले यही आर्थिक वर्षदेखि निर्यात/आयातका लागि चाहिने एचएस कोड उपलब्ध गराएपछि सुनका गहना निर्यात हुन थालेको हो। अघिल्लो आर्थिक वर्षहरूमा निकासी नै हुँदैन थियो।

">