काठमाडौं। बेलायती अर्थतन्त्र तीन सय वर्षमा सबैभन्दा बढी कमजोर हुन पुगेको छ। कोरोना महामारीले संसारकै धनी र औद्योगिक मुलुकमध्येको एक बेलायतको अर्थतन्त्रमा ठूलो गिरावट आएको हो।
अघिल्लो वर्ष त्यहाँको अर्थतन्त्रमा ९.९ प्रतिशत गिरावट आएको थियो। महामारीले बेलायतका अधिकांश पसल, रेस्टुराँ बन्द भएका थिए। यसका साथै, महामारीले यात्रा, पर्यटनजस्ता गतिविधि ठप्प हुन पुगेको थियो।
सरकारले २०२० मा आएको गिरावट विश्व आर्थिक संकटका कारण २००९ मा आएको गिरावटभन्दा दुई गुना बढी भएको शुक्रबार जनाएको छ। २०२० को गिरावट सन् १७०९ पछिको सबैभन्दा ठूलो हो। त्यसबखत बेलायतमा ‘ग्रेट फ्रस्ट’ नाम दिइएको अधिक चिसो भएको थियो। उक्त समयमा बेलायत मुख्यतः कृषिमा आधारित अर्थतन्त्र थियो।
बेलायतका अर्थमन्त्री ऋषि सुनकले भनेका छन्- ‘‘आँकडाले बताएको छ, महामारीका कारण अर्थतन्त्रमा गम्भीर झड्का लागेको छ। यसलाई सारा दुनियाँले भोगिरहेको छ। तर, बढ्दो चिसोका क्रममा पनि अर्थतन्त्र लचिलो देखिनाले केही सकारात्मक संकेत मिलेको छ। हामीलाई थाहा छ, वर्तमान लकडाउनले थुप्रै मानिस र व्यवसायमा ठूलो असर पर्न गएको छ।’’
अर्थमन्त्री सुनकले रोजगारी सुरक्षाका लागि बजेट भाषणमा नयाँ योजना घोषणा गर्ने पनि जानकारी दिए। उनले मार्च ३ तारिखका दिन हाउस अफ कमन्समा बजेट सम्बोधन गर्ने छन्। कोरोना महाामारीले अन्य मुलुकको तुलनामा बेलायतको अर्थतन्त्रमाथि गहिरो असर पारेको छ। अधिकांश औद्योगिक मुलुकमा यतिविधि प्रभाव परेको देखिँदैन, जति बेलायतमा पर्न गएको छ।
२०२० मा फ्रान्सको जीडीपीमा ८.३ प्रतिशत, अमेरिकाको ३.५ प्रतिशत र जर्मनीको अर्थतन्त्रमा पाँच प्रतिशत गिरावट आएको छ।
एजेन्सी
" /> काठमाडौं। बेलायती अर्थतन्त्र तीन सय वर्षमा सबैभन्दा बढी कमजोर हुन पुगेको छ। कोरोना महामारीले संसारकै धनी र औद्योगिक मुलुकमध्येको एक बेलायतको अर्थतन्त्रमा ठूलो गिरावट आएको हो।अघिल्लो वर्ष त्यहाँको अर्थतन्त्रमा ९.९ प्रतिशत गिरावट आएको थियो। महामारीले बेलायतका अधिकांश पसल, रेस्टुराँ बन्द भएका थिए। यसका साथै, महामारीले यात्रा, पर्यटनजस्ता गतिविधि ठप्प हुन पुगेको थियो।

">