काठमाडौं। कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानको श्रमको मूल्य उठ्नेगरी किसानले उत्पादन गरेको वस्तुको मुल्य निर्धारण गरिनुपर्ने बताएकी छिन्।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको २७औं वार्षिकोत्सव समारोहमा आज(शनिबार) बोल्दै मन्त्री अर्यालले कृषिकर्मका निम्ती पसिना बगाउने, श्रम गर्ने किसानको हितमा काम गर्ने बताइन्।
"किसानदेखि उपभोक्तासम्म आउनका निम्ती बिचमा जे जति तहहरू छन्। त्यसले किसानलाई मर्कामा परेको छ। किसानले उत्पादन गरेको वस्तुले उचित मूल्य पाउन सकेन। आफूले उत्पादन गरेको वस्तुको मूल्य त किसानको सहभागितामा हुनुपर्छ," मन्त्री अर्यालले बताइन्।
कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले हिजोभन्दा अहिले केही सुधार गरेको देखिएपनि अझै धेरै सुधार गर्नुपर्ने आवश्यकता रहेको मन्त्री अर्यालले बताइन्।
" /> काठमाडौं। कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानको श्रमको मूल्य उठ्नेगरी किसानले उत्पादन गरेको वस्तुको मुल्य निर्धारण गरिनुपर्ने बताएकी छिन्।कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको २७औं वार्षिकोत्सव समारोहमा आज(शनिबार) बोल्दै मन्त्री अर्यालले कृषिकर्मका निम्ती पसिना बगाउने, श्रम गर्ने किसानको हितमा काम गर्ने बताइन्।

">