जनकपुरधाम। प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा तीन सय ५६ किलोमिटर पक्की सडकको निर्माण कार्य सम्पन्न गरेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज आयोजित वार्षिक प्रगतिसम्बन्धी पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो।
प्रदेशमा कालोपत्र सडक ५०.९५ किलोमिटर, पक्की सडक ढलान ७४.९० किलोमिटर र ग्राभेल सडक १७०.१७ किलोमिटर निर्माण सम्पन्न भएको जनाइएको छ।
त्यस्तै ३० वटा पुल निर्माणका क्रममा रहेको, ५.५४ किलोमिटर नाला, १४ वटा कल्भर्ट र ५९.८१ किलोमिटर नयाँ कच्ची सडक निर्माण कार्य सम्पन्न भएको छ।
नीति तथा कार्यक्रममा रहेको १० वटा झोलुङ्गे पुलमध्ये तीनवटाको निर्माण कार्य सम्पन्न भएको छ। सिंचाइतर्फ एक सय ६५ वटा नहर प्रणालीको मर्मतसम्भार गरी पानी सञ्चालन, प्रदेशका आठवटै जिल्लामा दुई क्लस्टर सिंचाइअन्तर्गत पावर ड्रिल टयुबवेल निर्माणबाट प्रदेशका १६ हजार खेतीयोग्य जमीनमा सिंचाइ सुविधा प्रदान गरिने योजनाको सुरूआत गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ।
रासस
" /> जनकपुरधाम। प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा तीन सय ५६ किलोमिटर पक्की सडकको निर्माण कार्य सम्पन्न गरेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज आयोजित वार्षिक प्रगतिसम्बन्धी पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो।त्यस्तै ३० वटा पुल निर्माणका क्रममा रहेको, ५.५४ किलोमिटर नाला, १४ वटा कल्भर्ट र ५९.८१ किलोमिटर नयाँ कच्ची सडक निर्माण कार्य सम्पन्न भएको छ।

">