इलाम। इलाम नगरपालिकाले किसानलाई गाईपालनमा प्रोत्साहन गर्न अनुदानमा गाई दिएको छ। नगरलाई दूध उत्पादनमा स्वभालम्बी बनाउन गाई वितरण गरेको हो।
नगरका १२ वडामध्ये ११ वडाका एक सय १० किसानलाई गाई दिएको हो । नगरले किसानलाई २७ लाख ५० हजार बराबरको गाईपालनका लागि अनुदान दिएको छ।
प्रत्येक वडामा १०/१० जनाको दरले किसानलाई ५० प्रतिशत अनुदान दिइएको नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले बताए। किसानले कम्तीमा ५० हजारको गाई खरीद गर्नुपर्ने र त्यसको ५० प्रतिशतले हुन आउने रकम नगरपालिकाले किसानलाई प्रदान भुक्तानी दिने गरेको छ।
नगरले बजार क्षेत्रमा मात्रै विकासका काम गर्दै आएको भन्दै आलोचना हुन थालेपछि गाईपालनको कार्यक्रममार्फत सबै वडालाई समेटेको हो। किसानले गाई खरीद गरेर बीमासमेत गरेपछि नगरपालिकाले अनुदान रकम किसानलाई दिने गरेको छ ।
रासस
" /> इलाम। इलाम नगरपालिकाले किसानलाई गाईपालनमा प्रोत्साहन गर्न अनुदानमा गाई दिएको छ। नगरलाई दूध उत्पादनमा स्वभालम्बी बनाउन गाई वितरण गरेको हो।नगरका १२ वडामध्ये ११ वडाका एक सय १० किसानलाई गाई दिएको हो । नगरले किसानलाई २७ लाख ५० हजार बराबरको गाईपालनका लागि अनुदान दिएको छ।

">