काठमाडौं। लामो समयदेखि बन्द रहेको महेन्द्रनगर एयरपोर्ट सञ्चालनको प्रक्रिया अगाडि बढेको छ। त्यसका लागि तीन सरकारबीच एक सम्झौता भएको छ। संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच जग्गा अधिग्रहण, आवश्यक पूर्वाधार निर्माणका लागि आर्थिक साझेदारी अनुसार लगानी गरिनेछ।
आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नागरिक उड्डयन प्राधिकरण, सुदूरपश्चिम प्रदेश सरकार, भिमदत्त नगरपालिका र दोधारा चादनी नगरपालिकाबीच एक सम्झौता भएको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले जानकारी दिए।
सम्झौता अनुसार विमानस्थल विस्तार तथा जग्गा अधिग्रहणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ५० प्रतिशत लगानी, सुदूरपश्चिम प्रदेश सरकारको २५ प्रतिशत, भीमदत्त नगरपालिकाले १५ र दोधरा चादनी नगरपालिकाले १० प्रतिशत लगानी गर्ने सम्झौता भएको मेयर विष्टले बताए।
सम्झौता भएसँगै विमानस्थलको निर्माणको कार्य अघि बढेको उनको भनाइ छ। उक्त रकम नगरपालिका र प्रदेश सरकारले नागरिक उड्डयन प्राधिकरणको बैंक खातामा जम्मा गरेसँगै जग्गा खरिद प्रक्रिया अगाडि बढ्ने सहमति भएको छ।
जग्गा अधिग्रहण र यससम्बन्धी कुनै समस्या देखिएको खण्डमा समाधानको लागि आवश्यक पहल, सहजीकरण एवं समन्वय गर्ने सहमति भएको छ। विमानस्थल विकास, विस्तार र स्तरोन्नति सम्बन्धी प्राविधिक प्रतिवेदन (गुरुयोजना) तयार गरी सकेबमोजिम जग्गा अधिग्रहण र मुआब्जा विवरण समेतको लागि नेपाल सरकार मन्त्रिपरिषद्बाट हुनुपर्ने आवश्यक निर्णयका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पेश गर्ने समेत सहमति भएको छ।
विमानस्थलको सुदृढीकरण, स्तरोन्नति र जग्गा अधिग्रहण गर्नका लागि संघ सरकारले ५० प्रतिशत रकम आर्थिक साझेदारीका रुपमा उपलब्ध गराउने छ। सम्झौता कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले विमानस्थल चलाउनको निम्ति सबै एकै ठाउँमा आइपुगेका कारण सम्झौता गर्ने परिस्थिति बनेको बताए।
सम्झौताअनुसार अब विमानस्थलको धावनमार्गको लम्बाई १६०० मिटर हुनेछ। सम्झौतासँगै त्यसका लागि आवश्यक पर्ने जग्गा ग्रहण गर्ने प्रक्रिया अगाडि बढ्ने मेयर विष्टले बताए। विमानस्थलको जग्गा अधिग्रहण, मर्मत सम्भार लगायतका कामका लागि लगभग ३७÷३८ करोड खर्च हुनेछ। उक्त लागत भीमदत्त नगरपालिका, दोधरा चादनी नगरपालिका, सुदूरपश्चिम प्रदेश सरकार र पर्यटन मन्त्रालयले बेहोर्नेछन्।
६५ विघा क्षेत्रफलमा फैलिएको मझगाँउ विमानस्थलको लम्बाई १६ सय ६५ मिटर र चौडाई ५ सय मिटर छ। २०५६ सालमा असुरक्षाको कारण देखाउँदै विमानस्थल बन्द गरिएको थियो। बन्द रहेको विमानस्थल सञ्चालनका लागि यसअघि पटकपटक पहल भएको थियो तर सार्थकता पाउन सकेको थिएन्। अब सम्झौताअनुसार विमानस्थल सञ्चालन प्रक्रिया अगाडि बढेको र छिट्टै नै सञ्चालनमा आउने मेयर विष्टले बताए।
" /> काठमाडौं। लामो समयदेखि बन्द रहेको महेन्द्रनगर एयरपोर्ट सञ्चालनको प्रक्रिया अगाडि बढेको छ। त्यसका लागि तीन सरकारबीच एक सम्झौता भएको छ। संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच जग्गा अधिग्रहण, आवश्यक पूर्वाधार निर्माणका लागि आर्थिक साझेदारी अनुसार लगानी गरिनेछ।आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नागरिक उड्डयन प्राधिकरण, सुदूरपश्चिम प्रदेश सरकार, भिमदत्त नगरपालिका र दोधारा चादनी नगरपालिकाबीच एक सम्झौता भएको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले जानकारी दिए।

">