काठमाडौं। महालक्ष्मी लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष मनोरञ्जनरमण शर्माको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले जीवन बीमा क्षेत्रको अवस्था र समस्या बारेमा जानकारी गराएका थिए। अध्यक्ष शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको बर्तमान वित्तीय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पारेका थिए।
सभाले अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनसहित आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पास गर्यो। सभामा संस्थापकहरूको तर्फबाट आगामी चार वर्षका लागि मनोरञ्जनरमण शर्मा, उमेशलाल श्रेष्ठ, सुरेश सापकोटाको उपस्थिती थियो।
यसैगरी, सम्झना अर्याल र विश्वचन्द घिमिरे निर्विरोध सञ्चालकमा निर्वाचित भएका छन्। त्यस्तै सभाले सर्वसाधारणको लागि छुट्टाइएको ६० करोड रकम शेयर निष्कासन गर्ने निर्णय गरेको छ। कम्पनीका सञ्चालक सुरेश सापकोटाले सभाको अन्त्यमा धन्यवादज्ञापन गरे।
" /> काठमाडौं। महालक्ष्मी लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष मनोरञ्जनरमण शर्माको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले जीवन बीमा क्षेत्रको अवस्था र समस्या बारेमा जानकारी गराएका थिए। अध्यक्ष शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको बर्तमान वित्तीय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पारेका थिए।

">