काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५ अंकले बढेसँग नयाँ किर्तिमान कायम भएको छ। परिसूचक दोहोरो अंकको वृद्धिसँगै दुई हजार छ सय एक अंकमा पुगेर रोकिएको हो।
यसक्रममा आज एक करोड ७७ लाख कित्ता सेयर कारोबार भएको छ। यस्तै, आज नेप्सेमा १० अर्ब तीन करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबार भएका १२ मध्ये आठ समूह घट्दा पनि नेप्से दोहोरो अंकले सुधारिएको हो। आज जम्मा चार समूहमा सुधार आएको छ।
बैंक समूह ३० अंक, विकास बैंक समूह ६ अंक, अन्य ५ र म्युचूअल फण्ड ०.११ अंकले सुधारिएको छ। यी बाहेक अन्य सबै समूहमा गिरावट आएको छ।
बजार बढेको दिन आज चन्द्रागिरि हिल्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। यसपछि अन्य छवटा कम्पनीको सेयर मूल्य नौ प्रतिशतभन्दा बढीले बढेको छ।
बजार बढेपनि साधाना लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य प्रतिकित्ता ९५ रुपैयाँले घटेको छ।
" /> काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५ अंकले बढेसँग नयाँ किर्तिमान कायम भएको छ। परिसूचक दोहोरो अंकको वृद्धिसँगै दुई हजार छ सय एक अंकमा पुगेर रोकिएको हो।यसक्रममा आज एक करोड ७७ लाख कित्ता सेयर कारोबार भएको छ। यस्तै, आज नेप्सेमा १० अर्ब तीन करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

">