काठमाडौं। कोरोना महामारीका कारण नेपालको पर्यटन व्यवसाय धराशायी बन्दा तीन लाख जनाको प्रत्यक्ष रोजगारी गुमेको पर्यटन बोर्डले बताएको छ।
यस व्यवसायमा नेपालका तीन लाख जनाले प्रत्यक्ष रोजगारी पाएको र महामारीले उनीहरुको रोजगारी पूर्णरुपमा खोसेको बोर्डले बताएको हो।
बोर्डका अनुसार एक जना नेपालीसँग कम्तीमा चारजना आश्रित हुने गरेको तथ्यांक जोड्दा पर्यटन व्यवसाय धराशायी बन्दा १२ लाख नेपाली प्रभावित बनेका छन्।
त्यसैले, महामारीबाट प्रभावित पर्यटन व्यवसायलाई सरकारले विशेष योजना ल्याएर पुनःजन्म दिनुपर्ने बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले बताए।
उनले भने, “नेपालसहित विश्वभरको पर्यटन उद्योग महामारीले धराशायी बनेको छ। त्यसैले अहिले विदेशी पर्यटक आउने सम्भावना छैन।” सोही कारण नेपालले आन्तरिक पर्यटकलाई प्रवर्द्धन गर्नुपर्छ।
यसरी आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘देशदर्शन’ नामक अभियानका लागि सातामा दुई दिन सार्वजनिक विदा दिने योजना बोर्डले बनाएको थियो।
तर, अन्तिम चरणमा पुगेको उक्त योजना फेरि सुरुदेखि बनाउनुपर्ने अवस्थामा आएको रेग्मीले बताए। उनले भने, “सार्वजनिक बिदा दिने प्रस्ताव स्वीकृत बनेको भए नेपालको पर्यटन व्यवसाय फेरि अगाडि आउन सक्थ्यो।”
पर्यटकलाई प्याकेजको सुविधा आवश्यक
नेपालसहित विश्वभरमा फैलिएको महामारीका कारण विश्वभरको पर्यटन व्यवसाय धराशायी बनेको छ। जसकारण, पर्यटक घुम्ने अवस्थामा छैनन्।
त्यसैले नेपालमा विदेशी पर्यटक भित्र्याउन विशेष प्योकजको सुविधा दिनुपर्ने पर्यटन बोर्डका सीईओ रेग्मीले बताएका छन्। उनले नेपाल आउने पर्यटकलाई देशभकार राष्ट्रिय निकुञ्ज निशुल्क घुम्ने व्यवस्था गरिनुपर्ने बताए।
यसैगरी, गौतम बुद्धको जन्मस्थल लुम्बिनी र तिलौराकोटमा आउन चाहने बौद्धमार्गी पर्यटकलाई भिसा छुट गरिनुपर्ने उनको भनाइ छ। उनका अनुसार विद्यार्थीहरुलाई केही समय नि:शुल्क भिसा दिएर पर्यटन प्रवर्द्धन गर्न सकिन्छ।
पेट्रोल पम्पसँग मिलेर सार्वजनिक शौचालय
बोर्डले नेपालको सार्वजनिक शौचालयको समस्या समाधानतर्फ पनि सरकारको ध्यान जानुपर्ने बताएको छ। रेग्मीले देशभर भएका पेट्रोल पम्पसँग मिलेर सार्वजनिक शौचालय बनाउनुपर्ने बताए।
“सरकार आफैंले बनाउँछु भन्यो भने १०औं वर्ष लाग्छ। त्यसैले पम्पवालाहरुसँग मिलेर बनाउन सकिन्छ,” उनले भने, “यसरी बनाउँदा एक महिनामा देशभर २८ सय वटा शौचालय बन्छ।”
काठमाडौं उपत्यकामा मात्रै ८० वटा सार्वजनिक शौचालय थपिन्छ। यसले नेपालमा पर्यटक स्तरीय सार्वजनिक शौचालय थपिने बोर्डको भनाइ छ।
नाइटलाइफ खुलाउनुपर्छ
यस्तै, नेपाल घुम्न आएका पर्यटकलाई रात अबेरसम्म बस्न नदिने नीति परिवर्तन गर्नुपर्ने सीईओ रेग्मी बताउँछन्।
“विश्वका अन्य मुलुकमा रात परेपछि घुम्न निस्किन्छन्। हामी सुत्न जा भन्छौं। अनि कसरी पर्यटक आउँछन्,” उनले भने।
साथै, नेपाल आउने पर्यटकका लागि अनिवार्य गरिएको क्वारेन्टिनको व्यवस्था हटाउनुपर्ने व्यवसायीहरुले माग राखेका छन्। उनीहरुले पीसीआर नतिजा नेगेटिभ भएमा कोही पनि क्वारेन्टिन नबस्ने भएकाले यो नियम हटाउनुपर्ने माग राखेका हुन्।
" /> काठमाडौं। कोरोना महामारीका कारण नेपालको पर्यटन व्यवसाय धराशायी बन्दा तीन लाख जनाको प्रत्यक्ष रोजगारी गुमेको पर्यटन बोर्डले बताएको छ।यस व्यवसायमा नेपालका तीन लाख जनाले प्रत्यक्ष रोजगारी पाएको र महामारीले उनीहरुको रोजगारी पूर्णरुपमा खोसेको बोर्डले बताएको हो।

">