काठमाडौं। नेपाल उद्योग परिसंघले जाडो याममा नेपालीले ‘माउन्ट केटू’ को सफल आरोहण गरेपछि नेपालको पर्यटन क्षेत्रमा टेवा पुग्ने बताएको छ।
आरोहीहरुलाई सम्मान गर्दै परिसंघले विश्वको दोस्रो अग्लो हिमाल आरोहण गर्दा नेपालको नाम विश्वभर फैलिएकाले पर्यटन क्षेत्रमा टेवा पुग्ने बताएको हो।
परिसंघका अध्यक्ष शतिशकुमार मोरले नेपालीले विश्व कीर्तिमान आरोही टोलीको मात्र नभई सम्पूर्ण नेपालीको सफलता भएको बताए।
उनले हिमशिखर आरोहणमा नेपालका शेर्पा र युद्ध कौशलतामा ‘गोर्खाज’ विश्वमा प्रसिद्ध नाम भएको बताए।
साहसिक पदयात्रा र हिमालय आरोहणको क्षेत्रमा नेपालको शेर्पा समूदाय अग्रणी र अनुकरणीय कौशलताको एक पर्यायवाची नै भएको अध्यक्ष मोरको भनाई छ।
परिसंघका वरिष्ट उपाध्यक्ष विष्णुकुमार अग्रवालले नेपालको नाम विश्वभर स्थापित गराएकोमा आरोहण टोलीलाई बधाई दिए। उनले भने, “आत्मविश्वास लगाव र कठोर मेहनतले प्राप्त गरेको सफलताले नेपालको नाम विश्वभर परिचित गराउनुको साथै नेपालको नाम उच्चो बनाउनु भएको छ।”
उनले आरोहीको सफलता र मेहनतले कोभिडका कारण थलिएको पर्यटन क्षेत्रलाई विश्वभर नेपालको नाम परिचित गराएर संसार भर आरोहण सफल गरेर नेपालीको नाम र नेपालीले गर्न सक्ने बताए।
आरोहण सफलताको समाचार विश्वभरका साढे ५ अर्ब जनमानसमा पुगेकाले पर्यटन क्षेत्रमा टेवा पुग्ने उनको भनाई छ।
कार्यक्रममा बोल्दै टुरिजम कमिटीका संयोजक पम्फा धमलाले नेपाली आरोहीले विश्वको दोश्रो हिमाल केटुको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेकोमा बधाई व्यक्त गरे।
टोलीले ३ माघमा (जनवरी १६मा) साँझ ५ बजे विश्वको दोस्रो अग्लो (८,६११ मिटर) चुचुरो केटूको सफल आरोहण गरेको थियो। १० जना नेपालीले हिउँदयाममा आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए।