काठमाडौं। ग्लोबल आईएमई बैंकका सेवाग्राहीले कतार एयरवेजको टिकट किन्दा १० प्रतिशत छुट पाउने भएको छ। बैंक र एयरवेजबीच भएको सम्झौता अनुसार सेवाग्राहीले टिकट किन्दा छुट पाउने भएका हो।
समझदारीपत्रमा बैंकको बजार व्यवस्थापन तथा व्यवसाय प्रवर्द्धन प्रमुख शान्ता शिवाकोटी र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहमद इल एमामले हस्ताक्षर गरे।
सम्झौता अनुसार बैंकका कर्मचारी एवं डेबिट/क्रेडिट/प्रिभिलेज कार्डबाहक ग्राहकले अनलाइन बुकिङमार्फत एयरवेजको टिकट खरिदमा छुट पाउने छन्।
आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै यो सुविधा ल्याएको बैंकले जानकारी दिएको छ।
हाल बैंकले देशभर दुई सय ७० शाखा, दुई सय ४२ एटिएम, दुई सय ४५ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर शाखा सञ्चालनमा ल्याएको छ।
यस्तै, बैंकका तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत सञ्चालनमा छन्।
" /> काठमाडौं। ग्लोबल आईएमई बैंकका सेवाग्राहीले कतार एयरवेजको टिकट किन्दा १० प्रतिशत छुट पाउने भएको छ। बैंक र एयरवेजबीच भएको सम्झौता अनुसार सेवाग्राहीले टिकट किन्दा छुट पाउने भएका हो।समझदारीपत्रमा बैंकको बजार व्यवस्थापन तथा व्यवसाय प्रवर्द्धन प्रमुख शान्ता शिवाकोटी र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहमद इल एमामले हस्ताक्षर गरे।

">