काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघ र एड्भान्स कलेज अफ इन्जिनियरिङले आपसमा सहकार्य गर्ने भएका छन्।
आज यी दुई संस्थाले औद्योगिक क्षेत्रका लागि आवश्यक जनशक्ति तयार पार्न सहकार्य गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौतापत्रमा महासंघका अध्यक्ष रवि सिंह र एड्भान्स कलेजका अध्यक्ष रमेशकुमार सिलवालले हस्ताक्षर गरे।
महासंघका अध्यक्ष सिंहले यस सहकार्यबाट विभिन्न निर्माण परियोजनाहरूमा कार्य गरी विद्यार्थीहरूले आफ्नो सिकाइ क्षमतालाई अझ बृहत् बनाउन सक्ने बताए।
महासङ्घका एसोसिएट उपाध्यक्ष आङदोर्जी लामाले यस सहकार्यबाट सिभिल इन्जिनियरिङका विद्यार्थीहरूलाई निर्माण क्षेत्रसँग सम्बन्धित व्यावहारिक ज्ञान हासिल गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे।
कलेजका अध्यक्ष सिलवालले यस सम्झौताले विद्यार्थीहरूमा निर्माण उद्योगको वास्तविक कार्य अनुभव हासिल हुनुका साथै उनीहरूको ज्ञान र सीपको मूल्यबोध गराउने बताए। उनले वर्तमान युग औद्योगिक प्रतिष्ठानसँग सम्बन्धित इन्जिनियरहरू उत्पादन गर्ने युग रहेको उल्लेख गरे।
कलेजका कार्यकारी निर्देशक कपिलदेव रेग्मीले औद्योगिक प्रतिष्ठान र शैक्षिक प्रतिष्ठानको अर्थपूर्ण सहकार्यका माध्यमबाट दुवै संस्थाको बौद्धिक क्षमताको प्रभावकारी उपयोगलाई सहयोग पुग्ने धारणा राखे।
" /> काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघ र एड्भान्स कलेज अफ इन्जिनियरिङले आपसमा सहकार्य गर्ने भएका छन्।आज यी दुई संस्थाले औद्योगिक क्षेत्रका लागि आवश्यक जनशक्ति तयार पार्न सहकार्य गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

">