काठमाडाैं। जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ। पछिल्ला दिनमा लगातार नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक नेप्से पनि नयाँ उचाइमा पुगेको छ।
साताको पहिलो दिन आजको कारोबारमा अत्यधिक लगानीकर्ता जलविद्युत् कम्पनीको सेयर खरिद-बिक्रीमा लालायित देखिएका छन्। सोही कारण माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। सो कम्पनीको सेयर प्रतिकित्ता ४९ रुपैयाँले बढेर पाँच सय ३९ रुपैयाँमा पुगेको छ। राष्ट्रिय गौरवको सो आयोजना निर्माणको अन्तिम चरणमा रहेको छ। कूल चार सय ५६ मेगावाट क्षमताको सो आयोजनाबाट आगामी चैतको अन्तिम सातादेखि परीक्षण उत्पादन गर्ने गरी तयारी गरिएको छ।
आजको कारोबारपछि नेप्से ३.६६ विन्दुले सुधार भई दुई हजार ६४०.३४ मा पुगेको छ। यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.२० विन्दुले घटेर ४७९.५८ मा ओर्लेको छ।
कूल दुई सय सात कम्पनीको दुई करोड ४३ लाख पाँच हजार ६६ कित्ता सेयर आठ अर्ब ८३ करोड ४६ लाख तीन हजार नाै सय ६७ रुपैयाँ मूल्यमा खरिद-बिक्री भए। कारोबार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको सेयर ओरालो लागेको छ भने सात उपसमूहको सेयर भने वृद्धि भएको छ। बैंकिङ ७.१३, वित्त ४.१८, निर्जीवन बीमा ८३.८८, लघुवित्त ४५.४६ र जीवन बीमा ३६१.४६ ले घटेको छ।
यस्तै व्यापार १६.५, होटेल १२.१७, विकास बैंक २९.३२, जलविद्युत् ८३.२७, उत्पादन ४.४४, अन्य ३९.९१ र सामूहिक लगानी कोष ०.८२ ले वृद्धि भएको छ।
आजको कारोबारपछि बजार पुँजीकरण ३६ खर्ब ३८ अर्ब २७ करोड ८० लाख ९१ हजार तीन सय ६१ रुपैयाँ बराबर पुगेको छ। यो देशको कूल गार्हस्थ उत्पादन (जीडीपी)को हाराहारी नै हो।
कारोबारका आधारमा नेपाल बैंक लिमिटेड शीर्षस्थानमा रहेको छ। सो बैंकको ६१ करोड ७४ लाख ७५ हजार छ सय ७२ रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै नेपाल पूर्वाधार बैंक ५५ करोड २१ लाख १२ हजार २३ रुपैयाँ, ग्लोबल आइएमई बैंक ३१ करोड २२ लाख ५४ हजार दुइ सय १२, एनआईसी एसिया बैंक ३० करोड ६६ लाख ७७ हजार तीन सय ६०, शिखर इन्सुरेन्स कम्पनी २७ करोड ५६ लाख ६२ हजार दुई सय ६३, नबिल बैंक २५ करोड ३१ लाख ८८ हजार तीन सय ५४, नेपाल लाइफ इन्सुरेन्स २३ करोड ४२ लाख ४७ हजार छ सय ३७, माथिल्लो तामाकोशी २२ करोड ७० लाख १८ हजार आठ सय ८६ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे।
कारोबारका आधारमा माथिल्लो तामाकोशी र शिव श्री हाइड्रोपावरका लगानीकर्ताले समान १० प्रतिशतले कमाउँदा, नेपाल पूर्वाधार बैंक ९.८९, नेपाल हाइड्रो डेभलपर ९.८२, चन्द्रागिरि हिल्स ९.८०, समृद्धि फाइनान्स ९.७७, एनआईसी एसिया ब्यालेन्स फन्ड ९.७५, एनएमबी हाइब्रिड फन्ड ८.४६ र लिबर्टी इनर्जीका लगानीकर्ताले ८.१३ प्रतिशतले कमाए।
यस्तै बेस्ट फाइनान्स ३.३७, किसान लघुवित्त ३.२७, सबैको लघुवित्त ३.२७, समिट लघुवित्त ३.२४, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स ३.२०, लक्ष्मी लघुवित्त ३.१५, सनराइज बैंक ३.१५ र लाइफ इन्सुरेन्स कम्पनीका लगानीकर्ताले ३.१५ प्रतिशतले गुमाए। रासस
" /> काठमाडाैं। जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ। पछिल्ला दिनमा लगातार नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक नेप्से पनि नयाँ उचाइमा पुगेको छ।साताको पहिलो दिन आजको कारोबारमा अत्यधिक लगानीकर्ता जलविद्युत् कम्पनीको सेयर खरिद-बिक्रीमा लालायित देखिएका छन्। सोही कारण माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। सो कम्पनीको सेयर प्रतिकित्ता ४९ रुपैयाँले बढेर पाँच सय ३९ रुपैयाँमा पुगेको छ। राष्ट्रिय गौरवको सो आयोजना निर्माणको अन्तिम चरणमा रहेको छ। कूल चार सय ५६ मेगावाट क्षमताको सो आयोजनाबाट आगामी चैतको अन्तिम सातादेखि परीक्षण उत्पादन गर्ने गरी तयारी गरिएको छ।

">