काठमाडौं। आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य घटेको हो।
जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार तीन सय रूपैयाँ कायम भएको छ। बुधबार छापावाल सुन प्रतितोला ८९ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार आठ सय ५० रूपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ। सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ।
महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रूपैयाँले बढेको छ। आज चाँदीको भाउ प्रतितोला एक हजार तीन सय ५५ रूपैयाँ कायम भएको छ। बुधबार चाँदी एक हजार तीन सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।
" /> काठमाडौं। आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य घटेको हो।जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार तीन सय रूपैयाँ कायम भएको छ। बुधबार छापावाल सुन प्रतितोला ८९ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

">