काठमाडौं। थापाथलीस्थित इञ्जिनियरिङ क्याम्पसको एक प्रयोगशालामा करिब ३० जना विद्यार्थीको एउटा समूह छ। समूहका सबैजना पछिल्लो नौ महिनादेखि निरन्तर एउटै काममा घोत्लिँदै आएका छन्। उद्देश्य एउटै छ- नेपालको पहिलो ठूलो आकारको रकेट बनाउने। त्यसैका लागि यो समूह आफ्नो काममा तल्लीन छ।
‘‘हामी निकै उत्साहित छौं। अबको एक महिनामा त हामी रकेट ‘लञ्च’ गर्छौं। हामीमाथि धेरैले अपेक्षा पनि राखेका छन्। काममा खटिरहेका छौं। सफल हुन्छौं भन्ने विश्वास बढेको छ,’’ अलिअलि डर मिसिएको उत्साहसहित रकेट निर्माणबारे रकेट निर्माणको रिकभरी डिपार्टमेन्टकी अष्मी राणा बताउँछिन्।
अहिले बन्दै गरेको रकेट मार्च १४ मा मुस्ताङबाट लञ्च गर्ने तयारीमा यो समूह लागेको छ। रकेट निर्माण र यसपछि सफल हुनेमा ठूलो आशा रहेको विद्यार्थीहरू बताउँछन्। ‘‘सफल र असफल भन्ने अलग हो, तर ट्राइ गर्नैपर्छ,’’ उनीहरूको भनाइ छ।
प्रतिस्पर्धाका लागि अमेरिका पुर्याइने
अमेरिकाको न्यू मेक्सिकोमा आगामी जुन महिनामा विश्वकै सबैभन्दा ठूलो विश्वविद्यालयस्तरीय रकेट इन्जिनियरिङ प्रतिस्पर्धा हुँदै छ। उक्त प्रतिस्पर्धामा रकेट बनाउँदै गरेको यो समूहले पनि नेपालबाट भाग लिने भएको छ। ‘स्पेसपोर्ट अमेरिका कप-२०२१’ प्रतियोगितामा समूहका विद्यार्थीहरूले सहभागिता जनाउनका लागेका हुन्।
‘‘अमेरिकामा हरेक वर्ष विश्वकै ठूलो रकेटको प्रतिस्पर्धा हुन्छ। २०२१ को ‘स्पेसपोर्ट अमेरिका कप-२०२१’ क्याटगोरीमा भाग लिनका लागि यो रकेट तयार गरिरहेका छौं,’’ रकेट निर्माणको अल्टरनेट लिडका रूपमा काम गरिरहेका सुनिल वेल्वासेले भने, ‘‘यो प्रतिस्पर्धामा विश्वभरबाट विभिन्न समूह सहभागी हुने थाहा पाएपछि हामीले पनि त्यहाँ अप्लाइ (आवेदन) गरेका थियौं। आयोजकले एसेप्ट (स्वीकृत) गर्यो। त्यसपछि हामीले काम सुरू गरेका हौं।’’
‘‘यसका लागि हामीले ‘एअर ब्रेक सिस्टम’ राखेका छौं। जसले त्यो भन्दा माथि उचाइमा पुग्न सहयोग गरोस्। केही समस्या आए पनि कम्तीमा १० हजार फिटमा पुगोस् भन्ने चाहना हो।’’
उनका अनुसार छनोट हुँदाको खुसीले अब केही गरेर देखाउनुपर्छ भन्ने भावना बढायो, र त्यहीअनुसार उनीहरूले काम गरिरहेका छन्।
यो समूहले बनाउन लागेको रकेट ६.१ इञ्च आउटरडायोमिटरको हुने छ। रकेट निर्माणका लागि सकेसम्म नेपालकै कच्चा पदार्थ प्रयोग गरिएको र लागत कम हुने गरी बनाइएको विद्यार्थीहरू बताउँछन्।
कम्तीमा १० हजार फिट उचाइमा उड्नुपर्ने
आयोजकले प्रतियोगितामा रकेटको उडानलगायतमा विभिन्न थिम तय गरेको छ। जसमध्ये पहिलो, रकेट १० हजार फिट उचाइमा पुग्नुपर्ने छ। दोस्रो, रकेटले चार केजीको पेलोड क्यूव स्याट त्यो उचाइसम्म पुर्याउनैपर्छ।
डिजाइन एण्ड स्ट्रक्चर्सका अमृत ढुंगाना थप्छन्, ‘‘यसका लागि हामीले ‘एअर ब्रेक सिस्टम’ राखेका छौं। जसले त्यो भन्दा माथि उचाइमा पुग्न सहयोग गरोस्। केही समस्या आए पनि कम्तीमा १० हजार फिटमा पुगोस् भन्ने चाहना हो।’’
विद्याथीहरूले तयार गरिरहेको रकेट ‘रियुजेबल’ (पुनः प्रयोग गर्न मिल्ने) रकेट हो। यो भनेको रकेटमा प्यारासुट जडान हुन्छ अर्थात् रकेट बडीभित्रै प्यारासुट हुने हो। ‘‘त्यसले इजेक्ट गर्छ। त्यहाँ दुईवटा प्यारासुट प्रयोग भएको हुन्छ। एउटा एपेजीमा पुगेपछि अर्थात् १० हजार फिटको हाइटमा पुगेपछि खुल्छ। त्यसले गति घटाउन सहयोग गर्छ। अर्को मुख्य प्यारासुट पाँच फिट प्रतिसेकेन्ड भनेको एकदमै सान्दर्भिक हो ल्याण्ड गर्नका लागि। त्यो गतिसम्म झार्न सहयोग गर्नेछ,’’ ढुंगानाले उत्साहित हुँदै सुनाए।
आठ लाख खर्च
विद्यार्थीहरूले तयार गरिरहेको रकेट निर्माणमा कूल आठ लाख रूपैयाँ खर्च हुने बताइएको छ। यस्तै, फण्ड रेञ्जका लागि १५ हजार डलर आवश्यक पर्ने बताइएको छ। यसबाहेक प्रतियोगितामा भाग लिन जाँदाको खर्च आवश्यक पर्ने उनीहरूको भनाइ छ। आफूहरूसँग आइडिया भए पनि लगानी गर्ने खर्च नहुँदा र काम गर्न नपाउने परिस्थिति निर्माण हुने गर्दा भने निराश बन्नुपरेको विद्यार्थीहरू गुनासो गर्छन्।
‘‘प्रतियोगितामा छनोट भएपछि हामी विभिन्न निकायमा सहयोग माग्न गयौं। आर्थिक सहयोग कहीँबाट भएन। पहिला पनि यही प्रोजेक्ट रोकिने अवस्थामा पुगेको थियो। पछि सबैको सहयोगबाट अघि बढेको हो। अनुसन्धान र डेभलपमेन्टमा पनि आर्थिक सहयोग चाहिन्छ। मोटिभेसनल सपोर्ट त हुन्छ, तर त्यो मात्र पर्याप्त हुँदैन। आर्थिक रूपमा पनि सहयोग गर्ने परिपाटी बने अलि सजिलो हुन्छ जस्तो लाग्छ,’’ रिकभरी डिपार्टमेन्टकी राणाले भनिन्।
उनका अनुसार रकेट निर्माण प्रोजेक्टको काम विभिन्न सहयोगी मनकै कारण अघि बढेको हो। पछिल्लो समय भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले आर्थिक सहयोग गर्ने भनेको छ। यसले उनीहरूलाई थप उत्साह मिलेको छ। अझै राम्रो ल्याब, निकायबाट सहयोग मिल्ने हो भने अझै ठूलो प्रोजेक्टमा काम गर्न सकिने उनीहरूको विश्वास छ।
‘‘साइन्समा रिसर्च र डेभलपमेन्टका लागि सहयोग गर्नुपर्छ। हामीले नगरे कसले गर्ने हो र? सहयोग पाए काम गर्न सक्छौं,’’ उनीहरूको एउटै आवाज छ, ‘‘अहिले नेपालमा पहिलोपटक यति ठूलो आकारको रकेट बनाउँदै छौं। प्रविधिको विकास भनेको सबैको विकास हो। त्यसैले पनि हामी एकदमै उत्साहित छौं।’’
" /> काठमाडौं। थापाथलीस्थित इञ्जिनियरिङ क्याम्पसको एक प्रयोगशालामा करिब ३० जना विद्यार्थीको एउटा समूह छ। समूहका सबैजना पछिल्लो नौ महिनादेखि निरन्तर एउटै काममा घोत्लिँदै आएका छन्। उद्देश्य एउटै छ- नेपालको पहिलो ठूलो आकारको रकेट बनाउने। त्यसैका लागि यो समूह आफ्नो काममा तल्लीन छ।‘‘हामी निकै उत्साहित छौं। अबको एक महिनामा त हामी रकेट ‘लञ्च’ गर्छौं। हामीमाथि धेरैले अपेक्षा पनि राखेका छन्। काममा खटिरहेका छौं। सफल हुन्छौं भन्ने विश्वास बढेको छ,’’ अलिअलि डर मिसिएको उत्साहसहित रकेट निर्माणबारे रकेट निर्माणको रिकभरी डिपार्टमेन्टकी अष्मी राणा बताउँछिन्।

">