काठमाडौं। नेपाल बैंकर्स संघले साना तथा मझौला उद्योग संरक्षण गर्न सहजै रूपमा वित्तीय कर्जा उपलब्ध गराउने भएको छ।
नेपाल उद्योग वाणिज्य महासंघ र संघबीच आज भएको सहमतिअनुसार लघु, घरेलु, साना तथा मझौला उद्योग (एसएमएईज)को संरक्षणमा सहज रूपमा ऋण दिने भएको हो।
सम्झौता पत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले हस्ताक्षर गरे। सहमतिअनुसार वाणिज्य बैंकहरूले एसमएमईजहरूलाई कर्जा लगायत वित्तीय सेवा प्रवाहमा रहेका कठिनाइ हटाइनेछ।
महासंघ र संघबीचको संयुक्त पहलबाट नै उद्यमी, व्यवसायी एवं बैंकहरूकाबीच हुने सेवा प्रवाहमा विश्वसनीय र जोखिमरहित व्यावसायिक वातावरण सिर्जना सहमतीको लक्ष्य छ।
यस्तै, उद्यमी, व्यवसायी एवं बैंकका हित प्रवर्द्धन गर्न, एसमएमईजको क्षेत्रमा हुने सेवालाई प्रभावकारी बनाउन एवं सेवा सहजीकरण गर्न केन्द्रिय तथा प्रादेशिक तहमा संयुक्त कार्यदल गठन गर्ने समेत सहमती भएको छ।
कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष गोल्छाले मुलुकभित्र एसमएमईजको प्रवर्द्धनमा दुवै संस्थाबीच भएको यो समझदारी कोशेढुंगा साबित हुने बताए।
“आजबाट हामी सहकार्यको नयाँ मार्गतर्फ पाइला हालेका छौं। निश्चिय नै एसमएमईजले विशेष गरी ऋणको सहज पहुचमा भोग्दै आएको समस्यालाई यो प्रयासले अब सम्बोधन गर्नेछ”, अध्यक्ष गोल्छाले भने।
संघका अध्यक्ष दाहालले एसएमईजको सहयोगका लागि सहकार्य गर्न दुवै संस्थाबीच भएको समझारीमाथि आफूलाई गर्व महशुस भएको बताए। उनले भने, “हामी दुवै संस्था समृद्धिका असल साझेदार हौं। हामीबीचको सहकार्य निरन्तर अगाडी बढ्नेछ।”
अन्तर्राष्ट्रिय श्रम संगठनका वरिष्ठ अधिकृत प्रकाश शर्माले एसएमईजहरूको ८० प्रतिशत समस्या ऋणको सहज पहुंचको अभाव नै रहेको बताए।
मुलुकभित्रको कुल रोजगारीमा करिव ९५ प्रतिशत योगदान एसएमईजहरूकै भएकाले यो समझदारीले एसमएमईजहरू फस्टाउन विशेष सहयोग पुग्ने उनले बताए।
" /> काठमाडौं। नेपाल बैंकर्स संघले साना तथा मझौला उद्योग संरक्षण गर्न सहजै रूपमा वित्तीय कर्जा उपलब्ध गराउने भएको छ।नेपाल उद्योग वाणिज्य महासंघ र संघबीच आज भएको सहमतिअनुसार लघु, घरेलु, साना तथा मझौला उद्योग (एसएमएईज)को संरक्षणमा सहज रूपमा ऋण दिने भएको हो।

">