काठमाडौं। पछिल्लो समय दिनदिनै उकालो लागिरहेको सेयर बजारमा यो साता भने तीव्र उतारचढाव देखिएको छ। साताको पाँच कारोबार दिनमध्ये तीन दिन ओरालो र दुई दिन बजार सुधारिएको हो।
साताको पहिलो दिन आइतबार दुई हजार छ सय ३६ अंकबाट सुरू भएको साताको कारोबार अन्तिम दिन बिहीबारसम्म आइपुग्दा ८१ अंकले ओरालो लागेको छ।
साताको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.६६ अंकले सुधारिएको थियो। आइतबार २६३६.६८ अंकबाट सुरू भएको नेप्से सामान्य सुधार भई २६४०.३५ अंकमा पुगेर रोकिएको थियो।
यस्तै, सोमबार ३२ अंकले घट्दै २६०७ अंकमा पुगेर रोकिएको नेप्से परिसूचक मंगलबार पनि २१ अंकले घट्दै २५८६ अंकमा आइपुग्यो। तर, बुधबार केही सुधारिँदै १३ अंकले बढेर फेरि २६ अंकको लाइनमा नेप्से पुगेको थियो।
२५९९ अंकमा पुगेर रोकिएको नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार ४४ अंकले घट्दै २५५४ अंकमा आएर रोकिएको छ। यसरी, साताका पाँच कारोबार दिनमा बियरिस ट्रेण्ड हाबी भएको देखिएको छ।
नेप्सेका अनुसार आइतबार, सोमबार र मंगलबार अर्थात् साताका सुरुआती तीन दिनमा बजार घटबढ भए पनि दैनिक आठ अर्ब रूपैयाँभन्दा बढीको कारोबार भएको थियो।
तर, बुधबार र बिहीबार भने कारोबार ह्वात्तै घटेको छ। त्यसअघि दैनिक आठ अर्ब रूपैयाँको कारोबार हुँदै आएकोमा बुधबार र बिहीबार छ अर्ब रूपैयाँ हाराहारीको मात्रै कारोबार भएका थिए।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि लगानीकर्ता केही हतोत्साहित बनेको देखिएको छ।
सर्वोच्चले सरकारको निर्णय उल्टाएपछि प्रधानमन्त्री ओलीले संकटकाल लगाउने हल्ला फैलिएको थियो। त्यही हल्लाका कारण बजार प्रभावित बनेको अनुमान गरिएको छ। संकटकाल लाग्ने र देशको राजनीतिले नयाँ मोड लिने भन्दै बजारमा बियरिस हाबी भएको थियो।
जसकारण लगानीकर्ताले आफूसँग भएको सेयर बेच्न खोज्दा बजारमा किन्नेभन्दा बेच्नेको संख्या अधिक भएको थियो। फलस्वरुपः बजार साताभरमा ८१ अंकले घटेको हो।
" /> काठमाडौं। पछिल्लो समय दिनदिनै उकालो लागिरहेको सेयर बजारमा यो साता भने तीव्र उतारचढाव देखिएको छ। साताको पाँच कारोबार दिनमध्ये तीन दिन ओरालो र दुई दिन बजार सुधारिएको हो।साताको पहिलो दिन आइतबार दुई हजार छ सय ३६ अंकबाट सुरू भएको साताको कारोबार अन्तिम दिन बिहीबारसम्म आइपुग्दा ८१ अंकले ओरालो लागेको छ।

">