उदयपुर। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले सहजीकरण गरे निजी क्षेत्रमार्फत् छोटो समयमा धेरै विकास गर्न सम्भव भएको बताएका छन्।
उदयपुर उद्योग वाणिज्य संघको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा बोल्दै ढकालले तीनवटै तहका सरकारले लगानीमैत्री वातावरण बनाए मुलुकको विकास सम्भव रहेको बताए।
“यदि राज्यले लगानीको वातावरण निर्माण गरी निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण मात्र गरिदिने होे भने विकास गर्न समय लाग्दैन,” ढकालले भने।
राज्यले लगानीको वातावरण बनाउन सक्यो भने त्यहाँबाट हुने रोजगारी सृजना, कर तथा राजश्व संकलन तथा अन्य भौतिक पूर्वाधारको निर्माणबाट पर्याप्त फाइदा लिन सकिने उनको भनाइ छ।
निजी क्षेत्रलाई राज्य तथा यसका निकायहरूबाट हेर्ने परम्परागत दृष्टिकोणले समस्या पारेको बताउँदै उनले निजी क्षेत्र व्यावसायिक मात्र भएको भन्ने सोचाइ परिवर्तन गर्नुपर्ने बताए।
" /> उदयपुर। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले सहजीकरण गरे निजी क्षेत्रमार्फत् छोटो समयमा धेरै विकास गर्न सम्भव भएको बताएका छन्।उदयपुर उद्योग वाणिज्य संघको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा बोल्दै ढकालले तीनवटै तहका सरकारले लगानीमैत्री वातावरण बनाए मुलुकको विकास सम्भव रहेको बताए।

">