काठमाडौं। पछिल्लो समय निरन्तर ओरालो लाग्दै आएको सुनचाँदीको भाउ आज पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला पाँच सयरुपैयाँले घटेको हो ।
महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार तीन सय रुपैयाँ कायम गरेको छ। गत साताको शुक्रबार छापावाल सुन प्रतितोला ८८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आज तेजाबी सुनको ८७ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ।
शुक्रबार प्रतितोला एक हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज एक हजार तीन सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ।
खासगरी, अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिकामा ग्रीन इनर्जी भ्याली बनाउने घोषणा गरेसँगै मूल्य घट्न थालेको व्यवसायीहरुले बताएका छन्।
बाइडेनको घोषणासँगै अमेरिकी संस्थागत लगानीकर्ताले सुन बेच्न थालेको र बजारमा मागभन्दा बढी आपूर्ति भएपछि मूल्य निरन्तर घटेको उनीहरुको भनाई छ।