काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग विभागबीच नेपालमा सञ्चालित उत्पादनमूलक उद्योगको अध्ययन गर्ने सहमति गरेका छन्।
सहमतिअनुसार महासंघ र विभागले संयुक्तरूपमा उत्पादनमूलक उद्योगहरूको गुणात्मक तथा परिमाणात्मक विश्लेषणसहितको अध्ययन गर्ने भएका हुन्।
समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र विभागका महानिर्देशक जीवलाल भुसालले हस्ताक्षर गरेका छन्।
त्यसरी तयार गरिएको डाटाबेसको सम्बन्धमा कुनै पनि बौद्धिक सम्पत्तिको अधिकार संयुक्तरूपमा महासंघ र विभागको स्वामित्वमा हुनेछ।
दुवै संस्थाहरूले आगामी छ महिनाभित्र साना, मझौला, मध्यम तथा ठूला स्केलका उद्योगहरूसँग सम्बन्धित तथ्याङ्क सङ्कलन गर्न प्रतिबद्धता जनाएका छन्।
औद्योगिक क्षेत्रमा विकासका अवसरहरूको खोजी र पहिचान गर्ने र औद्योगिक सुशासनको प्रवद्र्धन एवं उद्योगहरूको सञ्चालनका क्रममा देखापर्ने समस्या, गुनासालाई दुवै संस्थाको पहलमा सम्बोधन गर्न दुवै निकाय सहमत भएका छन्।
उद्योग व्यवसायको निरन्तर सञ्चालनमार्फत् दिगो व्यावसायिक वातावरण निर्माण गर्न योजना तथा नीति निर्माणमा सहकार्य गर्ने, राजस्व वृद्धि र रोजगारी सिर्जना गर्न सहयोग पुर्याउने बताइएको छ।
आपसी सहकार्यका लागि पहिचान गरिएका क्षेत्रहरूमा ठोस कार्य गर्न दुवै संस्थाबीच विभागको संयोजकत्वमा छ सदस्यीय एक कार्यदल गठन गरिने छ।
कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले सरकार र निजी क्षेत्रबीच भएको यो सहकार्यबाट आउने परिणामले आमनेपालीहरू लाभान्वित हुनसक्ने बताए।
‘‘दोहोरो आर्थिक वृद्धि र प्रतिवर्ष चार लाखलाई रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ महासंघले तयार गर्न लागेको भिजन पेपरका लक्ष्यलाई पूरा गर्न पनि यो सहकार्य सहयोगी हुन्छ,” उनले भने।
विभागका महानिर्देशक भुसालले महासंघसँग भएको यो समझदारी समृद्ध मुलुक निर्माण गर्ने सरकारको अभियानमा सहयोगी हुने विश्वास प्रकट गरे। उद्योग विस्तार गर्न कहाँ-कहाँ समस्या छ त्यसको पहिचान गरी समाधान गर्न विभागले महासंघको सहयोग खोजेको सन्दर्भमा यो सहमति महत्त्वपूर्ण हुने उनको भनाइ छ।
" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग विभागबीच नेपालमा सञ्चालित उत्पादनमूलक उद्योगको अध्ययन गर्ने सहमति गरेका छन्।सहमतिअनुसार महासंघ र विभागले संयुक्तरूपमा उत्पादनमूलक उद्योगहरूको गुणात्मक तथा परिमाणात्मक विश्लेषणसहितको अध्ययन गर्ने भएका हुन्।

">