काठमाडौं। भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ। नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीचको सहमतिअनुसार आईओसीले आजदेखि सोमबार (मार्च १) गतेदेखि लागु हुने गरी मूल्य बढाएर पठाएको हो।

आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ४.२० रूपैयाँ, डिजेलमा ४.०७ रूपैयाँ, मट्टितेलमा ४.६५ रूपैयाँ, हवाइ इन्धनमा ४.०६ रूपैयाँ तथा ग्यासमा प्रति सिलिन्डर ९१.९६ रूपैयाँ मूल्य बढेको छ।

फेब्रुअरी १६ मा भएको तोकिएको मूल्यसूचीअनुसार काठमाडौं उपत्यकाका लागि पेट्रोलको मूल्य १ सय १४ रूपैयाँ, डिजेल र मट्टितेलको मूल्य ९७ रूपैयाँ तथा आन्तरिक हवाइ इन्धनको मूल्य ६७ रूपैयाँ तथा बाह्य हवाइ इन्धनको प्रति किलोलिटर ८६८ अमेरिकी डलर र एलपी ग्यासको मूल्य १४ सय रूपैयाँ कायम गरिएको छ।

यो मूल्यमा पेट्रोलियम पदार्थ बेच्दा निगमलाई पाक्षिक रूपमा १ अर्ब ५४ करोड रूपैयाँ घाटा हुने अवस्था रहेको निगमले जनाएको छ।

मूल्य बढाउँदा पनि १ अर्ब २७ करोड नोक्सान

अहिले कायम भएको स्वचालित मूल्य प्रणालीअनुसार निगम व्यवस्थापनले प्रति १५ दिनमा एकपटक मात्रै मूल्य समायोजन गर्न पाउँछ। सो अवधिका लागि निगमले पेट्रा्ल, डिजेल र मट्टितेलमा २ प्रतिशत र खाना पकाउने ग्यासमा २५ रूपैयाँ मूल्य बढाउन पाउँछ।

निगमले यो मूल्य बढाउँदा पनि निगमलाई १५ दिनमा सवा अर्ब रूपैयाँ भन्दा नोक्सान हुने जनाएको छ। निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले निगम व्यवस्थापनसँग भएको अधिकार प्रयोग गरेर मूल्य बढाउँदा पनि १ अर्ब २७ करोड रूपैयाँ नोक्सान हुने बताए।

नयाँ मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १०.०६ रूपैयाँ, डिजेलमा ८.२२ रूपैयाँ, मट्टितेल नोक्सान हुन्छ। आन्तरिक हवाइ उडानको इन्धन बिक्रीमा पनि यसपटक नोक्सानको अवस्थामा पुगेको छ।

अहिलेकै मूल्यमा बिक्री गर्दा आन्तरिक हवाइ इन्धनमा प्रतिलिटर १.९३ रूपैयाँ नोक्सान रहेको निगमको भनाइ छ। खाना पकाउने ग्यासको कोक्सान बढेर प्रति सिलिन्डर ३ सय ९२ रूपैयाँ ८२ पैसा पुगेको निगमको भनाइ छ।

अहिले मट्टितेल र बाह्य हवाइ उडानमा प्रयोग हुने इन्धनको बिक्रीमा भने नाफाको अवस्था छ। मट्टितेलमा १७.४२ रूपैयाँ नाफा छ भने बाह्य हवाइ इन्धनमा ३१.६४ रूपैयाँ नाफा रहेको निगमको भनाइ छ।

" /> काठमाडौं। भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ। नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीचको सहमतिअनुसार आईओसीले आजदेखि सोमबार (मार्च १) गतेदेखि लागु हुने गरी मूल्य बढाएर पठाएको हो।

आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ४.२० रूपैयाँ, डिजेलमा ४.०७ रूपैयाँ, मट्टितेलमा ४.६५ रूपैयाँ, हवाइ इन्धनमा ४.०६ रूपैयाँ तथा ग्यासमा प्रति सिलिन्डर ९१.९६ रूपैयाँ मूल्य बढेको छ।

फेब्रुअरी १६ मा भएको तोकिएको मूल्यसूचीअनुसार काठमाडौं उपत्यकाका लागि पेट्रोलको मूल्य १ सय १४ रूपैयाँ, डिजेल र मट्टितेलको मूल्य ९७ रूपैयाँ तथा आन्तरिक हवाइ इन्धनको मूल्य ६७ रूपैयाँ तथा बाह्य हवाइ इन्धनको प्रति किलोलिटर ८६८ अमेरिकी डलर र एलपी ग्यासको मूल्य १४ सय रूपैयाँ कायम गरिएको छ।

यो मूल्यमा पेट्रोलियम पदार्थ बेच्दा निगमलाई पाक्षिक रूपमा १ अर्ब ५४ करोड रूपैयाँ घाटा हुने अवस्था रहेको निगमले जनाएको छ।

मूल्य बढाउँदा पनि १ अर्ब २७ करोड नोक्सान

अहिले कायम भएको स्वचालित मूल्य प्रणालीअनुसार निगम व्यवस्थापनले प्रति १५ दिनमा एकपटक मात्रै मूल्य समायोजन गर्न पाउँछ। सो अवधिका लागि निगमले पेट्रा्ल, डिजेल र मट्टितेलमा २ प्रतिशत र खाना पकाउने ग्यासमा २५ रूपैयाँ मूल्य बढाउन पाउँछ।

निगमले यो मूल्य बढाउँदा पनि निगमलाई १५ दिनमा सवा अर्ब रूपैयाँ भन्दा नोक्सान हुने जनाएको छ। निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले निगम व्यवस्थापनसँग भएको अधिकार प्रयोग गरेर मूल्य बढाउँदा पनि १ अर्ब २७ करोड रूपैयाँ नोक्सान हुने बताए।

नयाँ मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १०.०६ रूपैयाँ, डिजेलमा ८.२२ रूपैयाँ, मट्टितेल नोक्सान हुन्छ। आन्तरिक हवाइ उडानको इन्धन बिक्रीमा पनि यसपटक नोक्सानको अवस्थामा पुगेको छ।

अहिलेकै मूल्यमा बिक्री गर्दा आन्तरिक हवाइ इन्धनमा प्रतिलिटर १.९३ रूपैयाँ नोक्सान रहेको निगमको भनाइ छ। खाना पकाउने ग्यासको कोक्सान बढेर प्रति सिलिन्डर ३ सय ९२ रूपैयाँ ८२ पैसा पुगेको निगमको भनाइ छ।

अहिले मट्टितेल र बाह्य हवाइ उडानमा प्रयोग हुने इन्धनको बिक्रीमा भने नाफाको अवस्था छ। मट्टितेलमा १७.४२ रूपैयाँ नाफा छ भने बाह्य हवाइ इन्धनमा ३१.६४ रूपैयाँ नाफा रहेको निगमको भनाइ छ।

"> आईओसीले पठायो नयाँ मूल्यसूची, निगमलाई पाक्षिक डेढ अर्ब नोक्सान: Dekhapadhi
आईओसीले पठायो नयाँ मूल्यसूची, निगमलाई पाक्षिक डेढ अर्ब नोक्सान
काठमाडौं। भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ। नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीचको सहमतिअनुसार आईओसीले आजदेखि सोमबार (मार्च १) गतेदेखि लागु हुने गरी मूल्य बढाएर पठाएको हो।

आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ४.२० रूपैयाँ, डिजेलमा ४.०७ रूपैयाँ, मट्टितेलमा ४.६५ रूपैयाँ, हवाइ इन्धनमा ४.०६ रूपैयाँ तथा ग्यासमा प्रति सिलिन्डर ९१.९६ रूपैयाँ मूल्य बढेको छ।

फेब्रुअरी १६ मा भएको तोकिएको मूल्यसूचीअनुसार काठमाडौं उपत्यकाका लागि पेट्रोलको मूल्य १ सय १४ रूपैयाँ, डिजेल र मट्टितेलको मूल्य ९७ रूपैयाँ तथा आन्तरिक हवाइ इन्धनको मूल्य ६७ रूपैयाँ तथा बाह्य हवाइ इन्धनको प्रति किलोलिटर ८६८ अमेरिकी डलर र एलपी ग्यासको मूल्य १४ सय रूपैयाँ कायम गरिएको छ।

यो मूल्यमा पेट्रोलियम पदार्थ बेच्दा निगमलाई पाक्षिक रूपमा १ अर्ब ५४ करोड रूपैयाँ घाटा हुने अवस्था रहेको निगमले जनाएको छ।

मूल्य बढाउँदा पनि १ अर्ब २७ करोड नोक्सान

अहिले कायम भएको स्वचालित मूल्य प्रणालीअनुसार निगम व्यवस्थापनले प्रति १५ दिनमा एकपटक मात्रै मूल्य समायोजन गर्न पाउँछ। सो अवधिका लागि निगमले पेट्रा्ल, डिजेल र मट्टितेलमा २ प्रतिशत र खाना पकाउने ग्यासमा २५ रूपैयाँ मूल्य बढाउन पाउँछ।

निगमले यो मूल्य बढाउँदा पनि निगमलाई १५ दिनमा सवा अर्ब रूपैयाँ भन्दा नोक्सान हुने जनाएको छ। निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले निगम व्यवस्थापनसँग भएको अधिकार प्रयोग गरेर मूल्य बढाउँदा पनि १ अर्ब २७ करोड रूपैयाँ नोक्सान हुने बताए।

नयाँ मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १०.०६ रूपैयाँ, डिजेलमा ८.२२ रूपैयाँ, मट्टितेल नोक्सान हुन्छ। आन्तरिक हवाइ उडानको इन्धन बिक्रीमा पनि यसपटक नोक्सानको अवस्थामा पुगेको छ।

अहिलेकै मूल्यमा बिक्री गर्दा आन्तरिक हवाइ इन्धनमा प्रतिलिटर १.९३ रूपैयाँ नोक्सान रहेको निगमको भनाइ छ। खाना पकाउने ग्यासको कोक्सान बढेर प्रति सिलिन्डर ३ सय ९२ रूपैयाँ ८२ पैसा पुगेको निगमको भनाइ छ।

अहिले मट्टितेल र बाह्य हवाइ उडानमा प्रयोग हुने इन्धनको बिक्रीमा भने नाफाको अवस्था छ। मट्टितेलमा १७.४२ रूपैयाँ नाफा छ भने बाह्य हवाइ इन्धनमा ३१.६४ रूपैयाँ नाफा रहेको निगमको भनाइ छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्