काठमाडौं। नेपाल उद्योग परिसंघले राष्ट्रलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ ‘मेक इन नेपाल–स्वदेशी’ अभियानलाई प्राथमिकताका साथ अगाडि बढाएको छ।
परिसंघको टोलीले यही अभियानलाई अगाडि बढाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग भेटेका छन्।
परिसंघका अध्यक्ष शतिसकुमार मोरले स्वदेशी उत्पादन बढाउन, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउन र नेपाली वस्तु र सेवाको माग बढाउने लक्ष्यसहित अभियान सुरु गरेको बताए।
अभियानमा नेपाल सरकारको साथ र सहयोग हुनुपर्ने बताउँदै परिसंघले मुलुकको औद्योगिक विस्तार, रोजगारीको सृजना एवं उत्पादन वृद्धिबाट मात्र राष्ट्रिय अर्थतन्त्रमाथि उठाउन सकिने बताएको छ।
परिसंघका उपाध्यक्ष अनुज अग्रवाले परिसंघले मुख्यगरी ४ वटा आर्थिक खम्बलाई बढी प्राथमिकतामा राखेको बताए।
विशेषगरी यस अभियानले हरेक वर्ष एक हजार उद्योग संचालनमा ल्याई वार्षिक एक लाख पचास हजार औद्योगिक रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ।
परिसंघको लक्ष्य अनुसार पाँच वर्षमा वार्षिक निर्यात ४.३ अर्ब डलर पु¥याउने र कुल गार्हस्थ उत्पादनमा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पु¥याउने अग्रवालले बताए।
उद्योगमन्त्री भट्टले नयाँ औद्योगिक क्षेत्रहरुमा उद्योग स्थापनामा परिसंघले पहल गर्नु पर्ने बताउँदै त्यसका लागि आवश्यक पर्ने सहयोग सरकारले गर्ने बताए।
स्वदेशी उद्योग स्थापनासँगै कपास खेतिलाई प्राथमिकतामा राखी नेपालगञ्जको खजरालाई कपास उत्पादनको पकेट क्षेत्र बनाउनको लागि निजी क्षेत्र अगाडि बढ्नु पर्ने भट्टको भनाई छ।