काठमाडौं। नयाँ खोज, आइडिया, आविष्कारका लागि अब एलन मस्कलाई जित्न कसैलाई सहज सायदै होला। स्पेसएक्स तथा टेस्लाजस्ता विख्यात कम्पनीका मालिक मस्क अब मानव दिमागमा राख्न मिल्ने चिप्स बनाउने तयारीमा लागेका छन्।
उनले सौर्य गाडी, अन्तरिक्ष यात्राको सपनापछि मानव दिमाग र आर्टिफिसियल इन्टेलिजेन्स (एआई)बीच सम्बन्ध जोड्ने प्रयास गरेका छन्। उनले यसलाई न्युरालिंक नाम दिएका छन्। मस्कको न्युरल इन्टरफेस टेक्नोलोजी कम्पनी पनि छ। यही कम्पनीबाट उनले मानव दिमागमा एक चिप इन्सर्ट गर्ने योजना बनाएका हुन्। यसले दिमागलाई एक्टिभिटीको रेकर्ड गर्न सक्ने मात्र होइन, त्यसमा असरसमेत गर्ने अपेक्षा गरेका छन्।
कतिपय हाईटेकका कुरा सुन्दा अचम्म लाग्छ, कहिलेकाहीँ त त्यो अनावश्यक पनि लाग्न सक्छ। तर, पार्किन्सन्सजस्ता रोगको उपचारमा यस्तो चिपको प्रयोग अहम् साबित हुन सक्ने मस्क बताउँछन्।
‘‘टीभी सिरिजमा ब्ल्याक मिररजस्तै त्यसले स्मरण ‘सेभ’ गर्दै दोस्रो पटक ‘प्ले’ गर्न सक्छ या टेलिप्याथीबाट कार बोलाउन सक्छ।’’
डिजिटल सुपरइन्टेलिजेन्सका अघिल्तिर मानिसको हार हुन सक्ने कुरामा मस्क सचेत छन्। यसका निम्ति थप तयारी गर्नुपर्ने उनको भनाइ छ। उनले २०१९ मा लेक्स फ्रिडम्यानको पोडकास्टमा भनेका थिए कि, हामी कहिल्यै डिजिटल सुपरकम्प्युटरभन्दा बढी स्मार्ट हुन सक्दैनौं। यदि त्योसँग जित्न सक्दैनौं भने मिलेर अघि बढ्नुको विकल्प छैन।
न्युरालिंकले के गर्छ भन्नेबारे मस्कले ठूल्ठूला संकेत दिइसकेका छन्। उनले भनेका छन्, ‘‘टीभी सिरिजमा ब्ल्याक मिररजस्तै त्यसले स्मरण ‘सेभ’ गर्दै दोस्रो पटक ‘प्ले’ गर्न सक्छ या टेलिप्याथीबाट कार बोलाउन सक्छ।’’ यसका अतिरिक्त प्यारालाइसिस या अपांगता भएका मानिसका लागि सहायक पनि हुन सक्छ।
मस्कको दाबीलाई अहिल्यै सहजै स्वीकार्न एक्सपर्ट्सहरु तयार छैनन्। २०२०, सेप्टेम्बरमा बिजनेस इन्साइडरसँग कुरा गर्दै युनिभर्सिटी अफ न्युक्यासलको न्युरोसाइन्टिस्ट प्रा. एन्ड्र्यु ज्याक्सनले भनेका थिए, ‘‘यो प्रविधि असम्भव त होइन, तर यसलाई पुष्टि गर्न न्युरोसाइन्सले अहिले सक्दैन।’’ अर्का एक्सपर्ट एन्ड्र्यु हायर्सले यसलाई मस्कको काल्पनिक दुनियाँ भनेका थिए।
तर, यसको रोबोटमा एउटा फिचर हुन्छ जसमा मानिसको दिमागको मुभमेन्टको हिसाबमा चिपलाई दिमागमा लगाउने काम गर्न सकिने हायर्स बताउँछन्। दिमागले स्वास फेर्ने र धड्कनसहित मुभमेन्ट हुन्छ। वैज्ञानिकहरु यो प्रविधिमा प्रयोग भइरहेको इन्जिनियरिङबाट सन्तुष्ट त छन्, तर यसको पछाडिको न्युरोसाइन्सलाई उनीहरु चमत्कार मान्न तयार छैनन्।
न्युरालिंकले दुईवटा उपकरण तयार गर्दैछ। पहिलो सिक्काको आकारको चिप छ, यसलाई मानिसको टाउकोमा राखिन्छ। यसमा कपालभन्दा पनि पातलो तार हुन्छ, जसमा राखिएको १०२४ इलेक्ट्रोड दिमागको विभिन्न भागमा पुग्छ। यसबाट प्राप्त हुने डाटा चिपका माध्यमबाट कम्युटरसम्म पुग्छ, जहाँ शोधकर्ताले अध्ययन गर्नेछन्।
उक्त चिपका अतिरिक्त एक रोबोट पनि हुन्छ, एउटा सुइको मद्दतबाट न्युरालिंक चिपबाट निस्कने तारले मानिसको दिमाग सिलाइन्छ। मस्कका अनुसार यो प्रक्रिया ‘लासिक सर्जरी’जत्तिकै सहज हुन्छ। जनवरी महिनामा एक सुंगुरमा चिपको डेमो दिइएको थियो। दुई महिना सुंगुरको दिमागमा चिप राखिएको थियो। केही समयअघि मस्कले नै बाँदरमा पनि चिप राखिएको र असर परेको बताएका थिए।
(एजेन्सी)
" /> काठमाडौं। नयाँ खोज, आइडिया, आविष्कारका लागि अब एलन मस्कलाई जित्न कसैलाई सहज सायदै होला। स्पेसएक्स तथा टेस्लाजस्ता विख्यात कम्पनीका मालिक मस्क अब मानव दिमागमा राख्न मिल्ने चिप्स बनाउने तयारीमा लागेका छन्।उनले सौर्य गाडी, अन्तरिक्ष यात्राको सपनापछि मानव दिमाग र आर्टिफिसियल इन्टेलिजेन्स (एआई)बीच सम्बन्ध जोड्ने प्रयास गरेका छन्। उनले यसलाई न्युरालिंक नाम दिएका छन्। मस्कको न्युरल इन्टरफेस टेक्नोलोजी कम्पनी पनि छ। यही कम्पनीबाट उनले मानव दिमागमा एक चिप इन्सर्ट गर्ने योजना बनाएका हुन्। यसले दिमागलाई एक्टिभिटीको रेकर्ड गर्न सक्ने मात्र होइन, त्यसमा असरसमेत गर्ने अपेक्षा गरेका छन्।

">