काठमाडौं। ज्योति लाइफ इन्स्योरेन्सले भोलि (शुक्रबार)देखि नै साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। आइतबार दोस्रो बजारमा सेयर कारोबार दिन भएकाले मेरोसेयरमा चाप पर्ने भएकाले भोलिदेखि नै निष्कासन गर्ने भएको हो।
कम्पनीले अर्को साताको आइतबार (२३ गते)को समय तोकेको थियो। लाइफले एक सय रूपैयाँ अंकित ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्कासन गर्दै छ।
यसमध्ये ३० हजार कित्ता सामूहिक लगानी कोषलाई र ३० हजार कित्ता कर्मचारीलाई छुट्टयाएको छ। बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला हुनेछ।
यसअघि, निष्कासन भएको महिला लघुवित्त वित्तीय संस्थाको आईपीओमा १५ लाख ४० हजार लगानीकर्ताले आवेदन गरेका थिए। महिलाको तुलनामा ज्योति लाइफको आइपीओमा बढी आवेदन पर्ने सम्भावना छ।
सीडीएसी एण्ड क्लियरिङ लिमिटेडका अनुसार आजसम्म ३० लाख ४१ हजार जनाले सेयर आवेदनका लागि चाहिने डीम्याट एकाउन्ट खोलेका छन्।
" /> काठमाडौं। ज्योति लाइफ इन्स्योरेन्सले भोलि (शुक्रबार)देखि नै साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। आइतबार दोस्रो बजारमा सेयर कारोबार दिन भएकाले मेरोसेयरमा चाप पर्ने भएकाले भोलिदेखि नै निष्कासन गर्ने भएको हो।कम्पनीले अर्को साताको आइतबार (२३ गते)को समय तोकेको थियो। लाइफले एक सय रूपैयाँ अंकित ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्कासन गर्दै छ।

">