काठमाडौं। कोभिड-१९ (कोरोना भाइरस) महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण ऋणात्मक बनेको मुलुकको अर्थतन्त्र ‘भी’ आकारमा सुधार हुँदै गएको देखिएको छ। केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेका तथ्याङ्कमा अर्थतन्त्र सुधार हुँदै गएको देखिएको हो।
गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासमा मुलुकको आर्थिक वृद्धि १५ प्रतिशतले ऋणात्मक बन्न पुगेको थियो। जुन विस्तारै लयमा आउन थालेको विभागले जानकारी दिएको छ। यद्यपि, चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमास (साउनदेखि असोज)सम्म अर्थतन्त्रको वृद्धि ऋणात्मक अवस्थामा नै छ।
सो अवधिसम्म आर्थिक वृद्धि ४.६ प्रतिशतको ऋणात्मक अवस्थामा आइपुगेको छ। विभागका अनुसार गत वर्षको चौथो त्रैमास (वैशाखदेखि असार)मा १५.४ प्रतिशतले खुम्चिएको अर्थतन्त्र यो वर्षको पहिलो त्रैमासमा १०.८ विन्दुको सुधार हो।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले नेपालको अर्थतन्त्र ‘भी’ आकारमा सुधार भइरहेको जानकारी दिए। उनले कोरोनाले थला परेको नेपालको अर्थतन्त्रमा सकारात्मक सन्देश प्रवाह भएको बताए।
“हामीले लकडाउन वैशाखसम्म मात्रै हुने अपेक्षा गरेका थियौं। तर, लम्बिएर साउनसम्म पुग्यो। जसकारण उक्त अवधिमा अर्थतन्त्रमा १५ प्रतिशतको संकुचन देखा पर्यो,” उनले भने।
लकडाउनको अवधिमा आर्थिक गतिविधि पूर्णरूपमा ठप्प भएका कारण अर्थतन्त्र ऋणात्मक अवस्थामा पुगेको उनले बताए। “लकडाउन आंशिक रूपमा खुल्दाको जस्तो केही व्यवसाय सञ्चालनमा भएको भए त्यत्ति धेरै संकुचन आउँदैनथ्यो,” उपाध्यक्ष कँडेलले भने।
" /> काठमाडौं। कोभिड-१९ (कोरोना भाइरस) महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण ऋणात्मक बनेको मुलुकको अर्थतन्त्र ‘भी’ आकारमा सुधार हुँदै गएको देखिएको छ। केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेका तथ्याङ्कमा अर्थतन्त्र सुधार हुँदै गएको देखिएको हो।गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासमा मुलुकको आर्थिक वृद्धि १५ प्रतिशतले ऋणात्मक बन्न पुगेको थियो। जुन विस्तारै लयमा आउन थालेको विभागले जानकारी दिएको छ। यद्यपि, चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमास (साउनदेखि असोज)सम्म अर्थतन्त्रको वृद्धि ऋणात्मक अवस्थामा नै छ।

">