काठमाडौं। नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटक यातायात व्यवसायी संघको सहकार्यमा पर्यटक यातायात व्यवसायी तथा कर्मचारीहरूको लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले पर्यटन व्यवसाय सेवा प्रदान गर्ने व्यवसाय भएकोले पर्यटनका हरेक क्षेत्रले गुणस्तरीय सेवा दिनु पर्नेमा जोड दिए।
उनले संघलाई सातै प्रदेशमा स्तरीय पर्यटकीय यातायात सञ्चालन गर्न र सोको रुटमा गुणस्तरीय खाना, पर्यटकीय उत्पादनसहितको पर्यटकीय सेन्टर स्थापना गर्न आग्रह गरे।
कार्यक्रममा वरिष्ठ निर्देशक ऐरले व्यवसायीहरूको डायरेक्ट्री विमोचन समेत गरे।
यस्तै कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रबन्धक सुमन घिमिरेले कोभिडले पर्यटन क्षेत्रमा पारेको प्रभाव र पर्यटन प्रर्वद्धनमा बोर्डको भूमिकाबारे जानकारी दिँदै कोभिडकै बीचबाट पर्यटनलाई अगाडि बढाउने चुनौती आएको बताए।
पर्यटक यातायात व्यसायी संघका अध्यक्ष रामहरि शर्माले पर्यटकीय यातायातको क्षेत्रमा कोभिडले ठूलो असर गरेपनि राज्यबाट व्यवसायीहरूले उचित राहत तथा सुविधाहर नपाएको गुनासो गरे।
उनले कोभिडले अर्बौको लगानी र हजारौंको रोजगारी गुम्ने खतरा रहेको बताउँदै व्यवसायीमाथि लगाइएका कर हटाउन सरकारसँग माग गरे।
संघका अनुसार करिब दुई हजार सात सय पर्यटकीय सवारी साधनमा गरि करिब १० अर्ब रुपैयाँ बढीको लगानी छ।