काठमाडौं। मेलम्चीको पानी आज काठमाडाैंमा झर्ने भएको छ। मेलम्ची खानेपानी आयोजनाको पानी दुई दशक लामो प्रतीक्षापछि काठमाडाैंमा आइपुग्ने भएको हो।
आयोजनाको मुहानबाट सुरुङमा परीक्षणका लागि छाडिएको पानी आज दिउँसोसम्म सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा झर्ने आयोजनाले जानकारी दिएको छ। आयोजनाको मुहानबाट सुरुङमार्ग साढे २६ किलोमिटर लामो रहेको छ।
आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले आज दिउँसो २ देखि ४ बजेभित्र सुन्दरीजलमा पानी झर्ने बताए।
मेलम्चीको पानी सुन्दरीजलमा झरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आजै अवलोकन गर्ने कार्यक्रमसमेत तय भएको छ। आयोजनाका कार्यकारी निर्देशक खत्रीका अनुसार पानी अवलोकनका लागि प्रधानमन्त्री साँझ ५ बजे सुन्दरीजल पुग्नेछन्।
आयोजनाले परीक्षणका लागि फागुन १० गते सुरुङमा पानी छाडेको थियो। यसअघि गएको असारमा पहिलोपटक गरिएको परीक्षण असफल भएको थियो।
यसैबीच खानेपानी आउने अन्तिम बिन्दुमा सजगता अपनाइएको आयोजनाले जानकारी दिएको छ। अन्तिम बिन्दुमा ढोका बन्द गरी आवश्यक सजगता अपनाइएको आयोजनाको भनाइ छ।
आयोजनाले सुरुङमार्गबाट झर्ने पानीलाई बागमतीमा बगाउने तयारी गरेको छ। जसकारण बगमतीको सतह बढ्नसक्ने भन्दै सजग रहन आयोजनाले नदी आसपासमा बसोबास गर्ने सर्वसाधारणलाई सूचित गराइसकेको छ।
" /> काठमाडौं। मेलम्चीको पानी आज काठमाडाैंमा झर्ने भएको छ। मेलम्ची खानेपानी आयोजनाको पानी दुई दशक लामो प्रतीक्षापछि काठमाडाैंमा आइपुग्ने भएको हो।आयोजनाको मुहानबाट सुरुङमा परीक्षणका लागि छाडिएको पानी आज दिउँसोसम्म सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा झर्ने आयोजनाले जानकारी दिएको छ। आयोजनाको मुहानबाट सुरुङमार्ग साढे २६ किलोमिटर लामो रहेको छ।

">