काठमाडौं। भेनेजुएलाको केन्द्रीय बैंकले देशमा विद्यमान भयंकर मुद्रास्फितिका बीच १० लाख बोलिभर (भेनेजुएलाको मुद्रा)का नयाँ नोट जारी गरेको छ।
वर्तमान विनिमय दरअनुसार १० लाख भेनेजुएला बोलिभरको यो नोट आधा अमेरिकी डलरबराबर हुन्छ। केन्द्रीय बैंकले देशको वर्तमान अर्थव्यवस्थाको आवश्यकतालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको जनाएको छ।
भेनेजुएलाको केन्द्रीय बैंकले अगामी साताभित्र दुई लाख र पाँच लाख बोलिभरको नोट पनि जारी गर्ने योजना बनाएको छ। अहिलेसम्म भेनेजुएलामा १० हजार, २० हजार र ५० हजार बोलिभरका नोट चलनमा छन्।
पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटका कारण पछिल्लो सात वर्षदेखि भेनेजुएला आर्थिक संकटको सामना गरिरहेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको एक रिपोर्टअनुसार भेनेजुएलामा मुद्रास्फिति २६०० प्रतिशतभन्दा माथि छ।
मुद्रास्फितिका कारण पछिल्लो केही समयदेखि भेनेजुएलामा मानिसहरू स्थानीय मुद्राको सट्टा अमेरिकी डलर प्रयोग गर्न थालेका छन्। यही कारण भेनेजुएलाको सरकारले आफ्नै अर्थव्यवस्थालाई पूर्ण रूपमा डिजिटल बनाउने योजना पनि ल्याएको छ। मुद्रास्फितिलाई नियन्त्रणमा लिन नसकेको खण्डमा चाँडै स्थानीय मुद्राको मूल्य अझै घट्ने र लोप हुन सक्ने भएकाले सरकारले डिजिटल बनाउने योजना ल्याएको हो।
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले आफ्नो अर्थव्यवस्थामाथि संकट आउनुमा अमेरिकाले लगाएको प्रतिबन्धलाई दोष लगाउने गरेका छन्। तर आलोचकहरू भने भेनेजुएलाको आर्थिक कठिनाइको मूल कारण मादुरो र उनका गुरु ह्युगो चावेजको हस्तक्षेपकारी नीतिलाई आर्थिक संकटको कारण मान्छन्।
" /> काठमाडौं। भेनेजुएलाको केन्द्रीय बैंकले देशमा विद्यमान भयंकर मुद्रास्फितिका बीच १० लाख बोलिभर (भेनेजुएलाको मुद्रा)का नयाँ नोट जारी गरेको छ।वर्तमान विनिमय दरअनुसार १० लाख भेनेजुएला बोलिभरको यो नोट आधा अमेरिकी डलरबराबर हुन्छ। केन्द्रीय बैंकले देशको वर्तमान अर्थव्यवस्थाको आवश्यकतालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको जनाएको छ।

">