काठमाडौं। संसारकै ठूलो विद्युतीय कार कम्पनी टेस्लाका प्रमुख एलन मस्कले सन् २०२० मा तीव्र गतिमा सम्पत्ति कमाए। तर, अब उनको धन कमाउने गति ओरालो लाग्न थालेको छ।
एलनको सम्पत्ति जति तीव्र गतिमा बढेको थियो, त्यति नै तीव्रताका साथ यो वर्ष घट्न थालेको छ।
सोमबारदेखि अहिलेसम्म अर्थात् पाँच कारोबार दिनमा मस्कले २७ बिलियन डलर नोक्सान व्यहोरेका छन्। उनको सम्पत्तिमा आएको यो गिरावटका कारण अब उनी संसारको तेस्रो धनीमा सीमित बन्न पुगेका छन्।
फोब्र्सको रियल टाइम बिलिनायर्सको सूचीमा १५०.८ बिलियन डलर सम्पत्तिका साथ मस्क अब तेस्रो नम्बरमा छन्।
पहिलो स्थानमा अमेजनका जेफ बेजोस १७६.६ बिलियन डरलका साथ छन् भने दोस्रोमा परेका फ्रान्सका व्यवसायी बर्नार्ड आर्नल्टसँग १५२.१ बिलियन डलर सम्पत्ति छ।
टेस्लाको स्टक्समा २०२१ मा १८ प्रतिशत गिरावट आएको छ। कम्पनीको स्टक्सको मूल्य डिसेम्बर ३१ म ७०५.६७ डलर थियो, अहिले त्यो घटेर ५९७.९५ डलरमा अडिएको छ।
२०२१ फेबु्रअरीसम्ममा कम्पनीको स्टकमा ४० प्रतिशतभन्दा बढी गिरावट आएको छ। उक्त अवधिमा कम्पनीको स्टक्सको मूल्य करिब ८४० डलर थियो।
मार्चमा २० प्रतिशत गिरावट आयो। पछिल्लो कारोबार दिन शुक्रबार कम्पनीको सेयरमा ३.७८ प्रतिशत गिरावटसहित ५९७.९५ डलरमा बन्द भयो।
टेस्लाको सेयर मूल्य २०२० मा ७४३ प्रतिशत वृद्धि भएको थियो। यसबाट मस्कको सम्पत्तिमा भारी वृद्धि हुन पुगेको थियो। तर, अहिले उक्त टे«न्ड उल्टिँदै गएको छ। (एजेन्सी)