काठमाडौं। दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत निर्मलकुमार विश्वकर्मा र नेपाल उद्योग परिसंघका पदाधिकारीबीच आज भेटघाट भएको छ।
छलफलमा राजदूत विश्वकर्माले नेपाल र अफ्रिकी मुलुकहरूबीच हुने व्यापार सम्बन्धका बारेमा चासो देखाएका थिए।
उनले आफ्नो कार्यक्षेत्रभित्र पर्ने १२ वटा मुलुकमा व्यापार तथा लगानीका सम्भाव्यताहरूको पहिचान गरी नेपालसँगको व्यापार प्रवर्द्धन तथा देशमा लगानी भित्र्याउने सम्बन्धमा सक्दो पहल गर्ने बताए।
विश्वकर्माले दक्षिण अफ्रिकी मुलुकका उद्योग व्यवसायसँग आबद्ध संस्थाहरूको पहिचान गरेर नेपाल र दक्षिण अफ्रिकी चेम्बरहरूसँगको सहकार्यमा निर्यात प्रवर्द्धन र लगानी विस्तारका क्षेत्रमा सहकार्य गर्ने वातावरण बनाउन पहल गर्ने बताए।
कार्यक्रममा परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालले आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राखी कूटनीतिक माध्यमबाट देशमा लगानी भित्र्याउन र निर्यात प्रवर्द्धन गर्न विशेष पहल गर्नुपर्ने बताए।
दूतावासहरूले नेपालको उत्पादनलाई प्रदर्शन गर्नका लागि प्रदर्शनी केन्द्रको स्थापना गरी निर्यात प्रवर्द्धनमा सघाउ पुर्याउनुपर्नेमा अध्यक्ष मोरले जोड दिए।
नेपालमा दक्षिण अफ्रिकाबाट ठूलो मात्रामा कोइला आयात भइरहेको बताउँदै नेपालबाट पनि हस्तकलाका सामान, पस्मिना, उनीका कपडा लगायत उत्पादनलाई निर्यात गर्न पहल गर्नुपर्ने मोरको भनाइ छ।
" /> काठमाडौं। दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत निर्मलकुमार विश्वकर्मा र नेपाल उद्योग परिसंघका पदाधिकारीबीच आज भेटघाट भएको छ।छलफलमा राजदूत विश्वकर्माले नेपाल र अफ्रिकी मुलुकहरूबीच हुने व्यापार सम्बन्धका बारेमा चासो देखाएका थिए।

">