काठमाडौं। संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री भानुभक्त ढकालले नेपाल पर्यटनका लागि सुरक्षित र शान्त गन्तव्यका रुपमा स्थापित भएको बताएका छन्।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको ४४औं वार्षिक साधारणसभामा मन्त्री ढकालले कोभिड-१९ विरुद्धको खोप वितरण अभियान सफल रुपमा सञ्चालन गरेको र विद्रोही समूहलाई राष्ट्रिय राजनीतिको मूलधारमा समाहित गर्न सरकार सफल भएकाले यस उपलब्धिबाट पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको बताए। उनले सरकारले नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपा र सिके राउतलाई शान्तिपूर्ण राजनीतिमा रुपान्तरण गरेको उपलब्धिले आगामी दिनमा पर्यटनले भड्को मार्ने विश्वास व्यक्त गरे।
मन्त्री ढकालले पर्यटन क्षेत्रको विविधीकरण र अन्तर्राष्ट्रिय बजारीकरणका लागि रणनीतिक योजना ल्याउन पाटा नेपाललाई आग्रह गर्दै यसका लागि मन्त्रालय हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए।
‘बीबीसी मास्टरसेफ द प्रोफेसनल्स २०२०’ उपाधिका उपविजेता नेपालका सेफ सन्तोष साहले कोभिड-१९ पछि नेपाललाई संस्कृति र खानाको आकर्षक गन्तव्यका रुपमा पहिचान स्थापित गराउन सरकार र निजी क्षेत्रको साझेदारीमा पहलकदमी लिनुपर्ने खाँचो औँल्याए। उनले खाद्य स्वच्छता एवं गुणस्तरीय आवास सुनिश्चितता गर्न अनुरोध गरे।
कार्यक्रममा मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले पाटा नेपालले आगामी दिनमा आयोजना गर्ने पर्यटन पुनरोत्थान, प्रवर्द्धन र दिगो पर्यटन विकासका कार्यक्रममा मन्त्रालयको आवश्यक साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले बोर्ड निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यटन पुनरोत्थान, प्रवर्द्धन र विकासका लागि सदैव प्रतिबद्ध रहेको बताए।
पाटा नेपालको साधारणसभाले आगामी पर्यटन प्रवर्द्धनको रणनीति र विदेशी पर्यटक आगमन सहजताका लागि गर्नुपर्ने विभिन्न १० विषयमा सरोकारवालाको ध्यानाकर्षण गराएको छ।
संस्थाका अध्यक्ष विभूति चन्द ठाकुरले पर्यटन पुनरोत्थानका लागि अनिर्वाय क्वारेन्टिनको व्यवस्था हटाउने, अनअराइभल भिसा तथा पीसीआर परीक्षणको व्यवस्था मिलाउनेलगायत महत्त्वपूर्ण १० वटा विषय प्रस्तुत गरेका थिए।
सो अवसरमा पाटाले नेपाली पर्यटनमा अतुलनीय योगदान पुर्याएका पूर्वपर्यटनसचिव तथा नेपाल पर्यटन बोर्डका संस्थापक अध्यक्ष दीपेन्द्रपुरुष ढकाललाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ। त्यस्तै पाटा अन्तर्राष्ट्रियका सीइओ डा. मारियो हार्डीलाई ‘टुरिजम ट्रेल ब्लेजर अवार्ड’ दिइएको छ।
सेफ सन्तोष साहलाई ‘पाटा पर्सनालिटी अफ दि इयर २०२० अवार्ड’ तथा सिल्भर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्टलाई ‘बेस्ट स्टुडेन्ट च्याप्टर अफ दि इयर २०२० अवार्ड’ प्रदान गरिएको पाटा नेपालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। रासस
" /> काठमाडौं। संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री भानुभक्त ढकालले नेपाल पर्यटनका लागि सुरक्षित र शान्त गन्तव्यका रुपमा स्थापित भएको बताएका छन्।प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको ४४औं वार्षिक साधारणसभामा मन्त्री ढकालले कोभिड-१९ विरुद्धको खोप वितरण अभियान सफल रुपमा सञ्चालन गरेको र विद्रोही समूहलाई राष्ट्रिय राजनीतिको मूलधारमा समाहित गर्न सरकार सफल भएकाले यस उपलब्धिबाट पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको बताए। उनले सरकारले नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपा र सिके राउतलाई शान्तिपूर्ण राजनीतिमा रुपान्तरण गरेको उपलब्धिले आगामी दिनमा पर्यटनले भड्को मार्ने विश्वास व्यक्त गरे।

">