काठमाडौं। भारतीय विदेशसचिव हर्षवर्द्धन श्रींगलाले भारतको चाहना नेपाल, भुटान, बंगलादेश र म्यानमारलाई समेटेर ‘ऊर्जा हब’ बनाउने रहेको बताएका छन्।
आज दक्षिण एसिया ऊर्जा समूहको उद्घाटन समारोहलाई सम्बोधन गर्दै श्रींगलाले जलवायु परिवर्तनको प्रभाव र चुनौतीका बाबजुत उपक्षेत्रको रूपमा यी देशलाई समेटेर ऊर्जा हब बनाउन भारतले काम गरिरहेको बताए।
“यदि यो क्षेत्रलाई विकसित क्षेत्र बनाउने हो भने हामीलाई धेरै ऊर्जाको आवश्यकता पर्छ। हामीले जलवायु परिवर्तनका चुनौती पनि बुझ्न आवश्यक छ,” भारतीय विदेशसचिव श्रींगलाले भने, “यसका वाबजुद पनि हामी सब क्षेत्रको रूपमा भुटान, बंगलादेश, नेपाल, म्यानमार र भारतलाई ऊर्जा हबको रूपमा प्रवर्द्धन गर्न काम गरिरहेका छांै।”
यो उपक्षेत्रीय ऊर्जा हबमा श्रीलंकालाई पनि समेट्न सकिने उनले बताए। परम्परागत स्रोत जलविद्युत्, सौर्य ऊर्जा, वायु ऊर्जा, चाहे त्यो पेट्रोलियम पदार्थ नै किन नहोस् यस क्षेत्रमा ऊर्जाको आवश्यकता पूरा गर्न भारतले प्रमुख भूमिका निर्वाह गर्दै आएको दाबी उनले गरे।
“हामीले ऊर्जालाई सस्तो, सुलभ र स्वच्छ बनाउन आवश्यक छ,” विदेशसचिव श्रींगलाले भने।
दक्षिण एसिया र दक्षिणपूर्वी क्षेत्रमा हाइड्रोकार्बनको सहज आवागमनलाई भारतले बढावा दिएको उनले बताए। यसैअनुसार भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्जसम्म दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माण गरिएको उनले बताए।
उक्त पाइपलाइनको उद्घाटन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ को सेप्टेम्बरमा संयुक्त रूपमा गरेका थिए। पाइपलाइन सुरू भएपछि नेपाललाई पेट्रोलियम पदार्थ आयातमा एक अर्ब ६० लाख रूपैयाँ बचत भएको उनले जानकारी दिए।
“अब हामी चितवनसम्म यो परियोजना (पेट्रोलियम पाइपलाइन) विस्तार गर्न लागेका छौं। सिलगुडी र नेपालको झापालाई जोड्ने नयाँ पाइपलाइनको निर्माण पनि गरिरहेका छौं,” भारतीय विदेशसचिव श्रींगलाले भने।
सन् २०१९ मा भारतले २५ वटा प्रसारणलाइनमार्फत् सात सय मेगावाट विद्युत् नेपालमा निर्यात गरेको उनले बताए। उनले अगाडि भने, “नेपालले पनि निकट भविष्यमा विद्युत् निर्यात सुरू गर्न सक्छ।”
नेपालको ढल्केबरदेखि भारतको मुजफ्फरपुरसम्म पहिलो उच्च क्षमताको अन्तरदेशीय विद्युत् प्रसारणलाइन निर्माण कार्य सम्पन्न भइसकेको उनले बताए। भारतीय सहयोगमा निर्माण गरिएको यो प्रसारणलाइनको क्षमता अहिले चार सय केभी रहेको छ।
नेपाल र भारतबीच उच्च क्षमताको थप विद्युत् प्रसारणलाइन विस्तार गर्नेतर्फ दुवै देशको सोच रहेको उनले बताए। उत्पादन क्षेत्रतर्फ भारतको सतलज जलविद्युत् निगम लिमिटेडले नेपालमा नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको विकास गरिरहेको उनले जानकारी दिए।
हालै तल्लो अरुण आयोजनाको जिम्मेवारी एजेभीएनएलले प्राप्त गरेको उनले जानकारी दिए। जीएमआरको नेतृत्वमा पश्चिम नेपालमा नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली परियोजना निर्माण कार्य भइरहेको उनले बताए।
“माथिल्लो कर्णाली निर्यात उन्मुख परियोजना हो, जहाँबाट नेपालले भारत र बंगलादेशमा विद्युत् निर्यात गर्न सक्छ,” भारतीय विदेशसचिव श्रींगलाले भने।
यस क्षेत्रमा ऊर्जा व्यवस्थापन र ऊर्जाको मागमा व्यापक भिन्नता रहेको उनले बताए। भारत र बंगलादेशसँग प्राकृतिक ग्यास र कोइलाको ठूलो मात्रा रहेको छ भने नेपाल र भुटानसँग जलविद्युतको ठूलो सम्भावना रहेको उनले जानकारी दिए। श्रीलंकासँग सौर्य र वायु ऊर्जाको सम्भावना प्रशस्त रहेको उनले औँल्याए।
" /> काठमाडौं। भारतीय विदेशसचिव हर्षवर्द्धन श्रींगलाले भारतको चाहना नेपाल, भुटान, बंगलादेश र म्यानमारलाई समेटेर ‘ऊर्जा हब’ बनाउने रहेको बताएका छन्।“यदि यो क्षेत्रलाई विकसित क्षेत्र बनाउने हो भने हामीलाई धेरै ऊर्जाको आवश्यकता पर्छ। हामीले जलवायु परिवर्तनका चुनौती पनि बुझ्न आवश्यक छ,” भारतीय विदेशसचिव श्रींगलाले भने, “यसका वाबजुद पनि हामी सब क्षेत्रको रूपमा भुटान, बंगलादेश, नेपाल, म्यानमार र भारतलाई ऊर्जा हबको रूपमा प्रवर्द्धन गर्न काम गरिरहेका छांै।”

">