काठमाडौं। सेयर बजार यो साताभर घटेर बन्द भएको छ। साताको तीन दिनमात्रै कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक तीनै दिन घटेर बन्द भएको छ।
साताको सोमबार र बिहीबार सार्वजनिक बिदा परेकाले जम्मा तीन दिन कारोबार भएको हो। सोमबार नारी दिवस र बिहीबार महाशिवरात्री परेकाले बजार बन्द रह्यो।
त्यसबाहेक आइतबार, मंगलबार र बुधबार बजार खुला भएको थियो। जसमध्ये आइतबार २१ अंकले, मंगलबार २३ अंकले र बुधबार ३ अंकले घटेको हो।
यसक्रममा नेप्सेमा कारोबार रकम पनि घटेको छ। बजारमा सुस्तता आएसँगै कारोबार रकम खुम्चिन थालेको छ।
दुई सातासम्म दैनिक ८÷१० अर्ब रुपैयाँको कारोबार हुने बजारमा यो साता मुस्किलले ५ अर्बको कारोबार भएको छ।
आइतबार ५ अर्ब रुपैयाँको कारोबार भएको नेप्सेमा त्यसयताका दुई दिनमा निरन्तर कारोबार रकम घटेको छ।
मंगलबार ४ अर्ब ७५ करोड र बुधबार ४ अर्ब १० करोड रुपैयाँको कारोबार भएको छ। जुन, आइतबारको तुलनामा निरन्तर गिरावट हो।
खासगरी, पछिल्लो समय बजारमा वियरिस ट्रेन्ड सुरु भएसँगै कारोबार रकम पनि खुम्चिन थालेको छ। नेपालको राजनीतिक घटनाक्रममा आएको अनिश्चिततासँगै बजार घट्न थालेको छ।