काठमाडौं। वीरगञ्जमा चेम्बर अफ कमर्सको तदर्थ समिति गठन गरिएको छ। मनोज उपाध्यायको संयोजकत्वमा वीरगञ्ज चेम्बर अफ कमर्स, पर्साको नौ सदस्यीय तदर्थ समिति गठन गरिएको हो।
समितिका सदस्यहरूमा मुकेश अग्रवाल, विकास अग्रवाल, रविकुमार, विशाल कर्नानी, पारश अग्रवाल, शम्भु अग्रवाल, विशाल पटवारी, अमित मस्कारा रहेका छन्।
चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यावसायिक हकहित तथा आर्थिक समृद्धिका लागि एकजुट भएर लाग्न व्यवसायीहरूलाई आग्रह गरे। चेम्बरले ७० औँ वार्षिकोत्सव मनाइरहेको सन्दर्भमा मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका उल्लेखनीय रहेको उनले बताए। “सरकारले अघि सारेको समृद्ध नेपाल, सुखी नेपाली महाअभियानको हामी सारथी हौं,” अध्यक्ष श्रेष्ठले भने, “यो यात्रामा हातेमालो गर्दै अघि बढ्न चाहन्छौं।”
यसैबीच अध्यक्ष श्रेष्ठले सर्लाहीस्थित हरिवन चेम्बर अफ कमर्सको भवन शिलान्यास गरेका छन्। चार आना जग्गामा बन्न लागेको हरिवन चेम्बरको भवन शिलान्यास गरिएको हो।
हरिवन चेम्बरका महासचिव टीआर लुइँटेलले चन्दा संकलन लगायतबाट भवन निर्माण सम्पन्न गरिने बताए।
हरिवन चेम्बरले प्रथम साधारणसभाबाट नयाँ कार्यसमिति चयन गरी पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ। हरिवन चेम्बरले ३६ सदस्यीय कार्यसमिति चयन गरेको छ। हाल यसमा दुई सय ८४ जना सदस्य छन्।
" /> काठमाडौं। वीरगञ्जमा चेम्बर अफ कमर्सको तदर्थ समिति गठन गरिएको छ। मनोज उपाध्यायको संयोजकत्वमा वीरगञ्ज चेम्बर अफ कमर्स, पर्साको नौ सदस्यीय तदर्थ समिति गठन गरिएको हो।समितिका सदस्यहरूमा मुकेश अग्रवाल, विकास अग्रवाल, रविकुमार, विशाल कर्नानी, पारश अग्रवाल, शम्भु अग्रवाल, विशाल पटवारी, अमित मस्कारा रहेका छन्।

">