काठमाडौं। ‘मनकामना दर्शन’ नेपालमा सबैभन्दा पहिला सञ्चालनमा आएको केबलकार सेवा हो। यसअघि नेपालमा कुनै पनि कम्पनीले केबलकारमा लगानी गरेका थिएनन्।
गोरखाको मनकामना मन्दिरमा २०५५ मङ्सिर ८ गतेबाट केबलकार सञ्चालनमा आएपछि यस क्षेत्रमा लगानीको लहर चलेको छ। अहिले देशभरका १२ स्थानमा केबलकार बन्ने प्रक्रियामा छन्।
उद्योग विभागका अनुसार हालसम्म विभागमा १२ वटा कम्पनीले केबलकारमा लगानीका लागि स्वीकृति पाएका छन्। यी बाहेक मनकामनासहित तीन स्थानमा केबलकार सञ्चालनमा छन्।
मनकामनापछि २०७३ सालदेखि काठमाडौंमा चन्द्रागिरि केबलकार र दोलखामा कालिञ्चोक केबलकार सञ्चालनमा आएक छन्।
चन्द्रागिरि हिल्सका लगानीकर्ता चन्द्र ढकाल पर्यटकीय पूर्वाधार भएकाले लगानीको आकर्षण देखिएको बताउँछन्। “भविष्यमा नेपाल विश्वको पर्यटकीय गन्तव्य बन्नसक्ने देखेरै यसमा आकर्षण बढेको हो,” उनले भने।
केबलकारको लगानीले मुलुकको विकासको स्तरसमेत झल्काउने भएकाले यस क्षेत्रमा आउने लगानीमा उत्साहित बन्नुपर्ने ढकाल बताउँछन्।
ललितपुरमा बन्ने माझखण्ड डेस्टिनेसन केबलकारका अध्यक्ष गोपाल सञ्जेलले लगानीकर्ताको लगानी सुरक्षित हुने भएकाले यस क्षेत्रमा आकर्षण देखिएको बताए। “एक पटक ठूलो लगानी गरेपछि निरन्तर वर्षौंसम्म प्रतिफल लिन पाइन्छ। यसमा गरेको लगानी डुब्ने सम्भावना पनि हुँदैन,” उनले भने।
तर, बाहिरबाट देखिएजस्तो केबलकारमा लगानीको सहज वातावरण नरहेको व्यवसायी ढकालले बताए। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षसमेत रहेका उनले २०६२ सालमा दर्ता गरेको लुम्बिनी केबलकारको निर्माण बल्ल सुरू हुन लागेको उल्लेख गर्दै नेपालको लगानीको वातावरणको उदाहरण प्रस्तुत गरे।
“प्रक्रियागत झन्झट पन्छाउँदा पन्छाउँदा लगानीकर्ता हैरान हुन्छन्। र, लगानीको लागि इच्छुक बनेर उद्योग विभागबाट स्वीकृति लिएर पनि पलायन हुन्छन्,” ढकालले भने।
आठ स्थानमा बन्ने प्रक्रिया
हालसम्म उद्योग विभागबाट देशभरका १२ स्थानमा केबलकार बनाउन स्वीकृति लिएका छन्। कम्पनीहरूले विभिन्न समयमा केबलकार बनाउन स्वीकृति लिएका हुन्।
जसमध्ये काठमाडौंमा तीन, तलितपुरमा दुई र अन्य तीन जिल्लाका कम्पनी छन्। यी स्थानमा पनि केबलकार सञ्चालनमा आएपछि नेपालको ११ स्थानमा केबलकार सेवा सञ्चालनमा रहने छन्।
केबलकार स्थान
फूलचोकी ललितपुर
भ्यू नागार्जुन काठमाडौं
बन्दीपुर तनहुँ
सदाशिव प्युठान
डेस्टिनेसन माझखण्ड ललितपुर
हिमालयन काठमाडौं
कञ्चनजंघा ताप्लेजुङ
हेटौँडा भीमफेदी काठमाडौं
चार स्थानमा निर्माण सुरू
चन्द्रागिरि हिल्सका लगानीकर्ता चन्द्र ढकालको लगानीमा रूपन्देहीमा बन्ने लुम्बिनी केबलकारको उद्घाटन यही फागुन १० गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरे।
त्यसको एक सातापछि अर्थात् फागुन ९ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रूपन्देहीमै सिद्धार्थ केबलकारको उद्घाटन गरे। यी, दुईवटै केबलकार निर्माणको काम अगाडि बढिसकेको छ।
यसैगरी कास्कीको पोखरामा बन्ने सारङकोट केबलकारको काम अन्तिम चरणमा छ। अबको केही समयभित्रै उक्त केबलकारले सेवा थाल्ने छ।
यससँगै, मुक्तीनाथ दर्शन केबलकार कम्पनी र लगानी बोर्डबीच आयोजना विकास सम्झौता भइसकेको छ।
केबलकार स्थान
लुम्बिनी रूपन्देही
सारङकोट पोखरा
सिद्धार्थ रूपन्देही
मुक्तिनाथ दर्शन कास्की
सञ्चालनमा रहेका केबलकार
हाल नेपालका तीन जिल्लामा केबलकार सेवा सञ्चालनमा छन्। काठमाडौंको चन्द्रागिरि, गोरखाको मनकामना र दोलखाको कालिञ्चोक भवगती मन्दिरमा केबलकार सञ्चालनमा छन्।
केबलकार स्थान
मनकामना दर्शन गोर्खा
चन्द्रागिरि काठमाडौं
कालिञ्चोक दोलखा