काठमाडौं। नाडा अटोमोबाइल्स् एसोएिशनले ताप्लेजुङका आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको प्रतिनिधिले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तुकुमार नेम्वाङमार्फत पीडितलाई आर्थिक सहयोग गरेको हो।
६ सदस्यीय प्रतिनिधिमण्डलले पीडितहरुका लागि जिल्ला विपद व्यवस्थापन समितिलाई दुई लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ। संस्थाले ताप्लेजुङको दोभानमा भएको आगलागी पीडितलाई सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको जानकारी दिएको छ।
अध्यक्ष दुलालले ताप्लेजुङको दोभानमा भएको आगलागी पीडितहरुको राहतका लागि नाडाको पदाधिकारी लगायत कार्यसमिति सदस्यहरुसँग रकम संकलन गरी समितिको नाममा मन्त्री नेम्वाङलाई चेक हस्तान्तरण गरे।
भेटमा मन्त्री नेम्वाङले देशमा परेको आपत् विपदको समयमा पनि नाडाले देखाएको चासो र सहयोग प्रति धन्यवाद दिए।