काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज मंगलबार सामान्य अंकको सुधार आएको छ। कारोबार सुरु भएदेखि सुधारिन थालेको बजार १२ बजेसम्म बढ्दो अवस्थामा थियो।
तर १२ बजेपछि विस्तारै ओरालो झर्दै नेप्से परिसूचक १८ अंकसम्म घटेको थियो। फेरी सुधारिँदै २ अंकको सुधार कायम गर्दै बजार बन्द भएको हो।
यस क्रममा नेप्सेमा आज जम्मा तीन अर्ब ७५ करोड रूपैयाँको कारोबार भएको छ। यो, हिजो सोमबारको तुलनामा ४९ करोडले कम हो। कारोबार रकम घट्दा आज नेप्सेमा ९० लाख १२ हजार कित्ता सेयर किनबेच भएको छ।
कारोबार भएका १३ मध्ये सात समूहमा सुधार आउँदा परिसूचक नै २ अंकले बढेको छ। बैंक, होटल र टुरिजम, वित्त, उतपादनमूलक, लघुवित्त, जीवन बीमा र लगानी समूह सुधारिएका छन्।
यीबाहेक अन्य पाँच समूह घटेका छन्, जसमध्ये आज व्यापार समूह सबैभन्दा बढी ७२ अंकले घटेको छ। बजार बढेको दिन आज चन्द्रागिरीसहित पाँच कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढेको छ।
" /> काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज मंगलबार सामान्य अंकको सुधार आएको छ। कारोबार सुरु भएदेखि सुधारिन थालेको बजार १२ बजेसम्म बढ्दो अवस्थामा थियो।तर १२ बजेपछि विस्तारै ओरालो झर्दै नेप्से परिसूचक १८ अंकसम्म घटेको थियो। फेरी सुधारिँदै २ अंकको सुधार कायम गर्दै बजार बन्द भएको हो।

">