काठमाडौं। नेपालजस्तो विकासशील मुलुकको सबैभन्दा ठूलो समस्या रोजगारी हो। अन्य देशमा जस्तै नेपालमा पनि १६ देखि ६४ वर्ष उमेर समूहका जनशक्तिले आफ्नो क्षमताअनुसार रोजगारी पाउँदैनन्।
यतिमात्र नभई साना तथा घरेलु उद्यमीले उत्पादन गरेका घरेलु सामाग्रीले बजार समेत पाउँदैन। जसका कारण, तत्कालीन अवस्थाका साना र भविष्यमा ठूला उद्यमी बन्ने सम्भावना बोकेका उर्जाशील उद्यमी जन्मिन सक्दैनन्।
यस्तै, बिहान÷बेलुका वा साँझमा स्कुल वा कलेज पढेर फुर्सदको केही घन्टा रोजगारी गर्ने चाहना हुँदा पनि रोजगारी नपाइने अवस्था छ। यी, लगायत नेपालको श्रम बजारमा अन्य धेरै प्रकारका समस्या छन्।
खासगरी, नेपाली श्रम बजारलाई एकअर्कामा जोड्ने उत्कृष्ट प्रविधि कम्पनीको अभाव हुँदा यस्ता समस्या आइरहेका छन्। तर, यहीबीचमा नेपाली लगानीमै प्रविधि कम्पनी बजारमा आएको छ।
जसले माथिका उल्लेखित सबै प्रकारका समस्यालाई एउटै एपमार्फत समाधान गर्ने बताएको छ। रोलिङ प्लान्सका अध्यक्ष अनुप जंगमले तीन करोडको लगानीमा ‘रोलिङ नेक्सस’ ल्याएका छन्।
जसले, एकै थलो ‘रोलिङ नेक्सस’ नामक मोबाइल एपमार्फत उद्यमीलाई बजार र श्रमिकलाई रोजागरी देखि रोजगारदातालाई कर्मचारी उपलब्ध गराइदिन्छ।
‘नयाँ सम्भावनाहरुको खोजी’ नारासहित आएको व्यवसायिक सामाजिक सञ्जाल नेक्ससले नेपालमा रहेका काम गर्ने उमेर समूहका सबै मानिसलाई केही न केही अवसर भेटाइदिने जंगमले बताए।
नेक्सस नेपाली बजारमा आएको ६ महिना भयो। यो अवधिमा अहिले कम्पनीका ६ लाख प्रयोगकर्ता पुगिसकेका छन्। आगामी ५ वर्षमा ४० लाख प्रयोगकर्तासम्म पुग्ने कम्पनीको लक्ष्य छ।
कम्पनीको ‘चार ई’ को अवधारणामा काम गर्दैछ। इम्प्लोयमेन्ट (रोजगारी), अन्टरप्रेनरसिप (उद्यमशिलता), इम्पावरमेन्ट (सशक्तीकरण) र इंगेजमेन्ट (संलग्नता) अवधारणमा काम गर्ने छ।
नेपालको श्रम बजारमा श्रम गर्ने सबैलाई यो सञ्जालले समेट्ने लक्ष्य लिएको छ। सरकारी सर्वेक्षणले नेपालमा श्रम गर्ने मान्छे २ करोड (१६–६४ वर्ष) रहेको देखाएको छ। यी सबैका लागि कम्पनीले सम्भावनाको खोजी गर्दिन्छ।
कसरी जन्मियो नेक्सस ?
मेकानिकल इन्जिनियरमा पढाइसकेर केही सयम एउटा कम्पनीमा इन्टर्नसिप गरे। त्यसपछि एउटा अटो मोबाइल्स कम्पनीमा जागिर खाने क्रममा जम्मा तीन हजार पाँच सय रुपैयाँ दियो।
जम्मा ३५ सयको जागिर गरेर जिन्दगी चल्दैन भन्ने सोचेर उनले आफैं उद्यमी बन्ने योजना बनाए। जागिर खाएर जिन्दगी नचल्ने देखेपछि २००४ मा रोलिङ प्लान्स नामक कम्पनी दर्ता गरे।
म्यानेजमेन्ट क्षेत्रमा छिरेपछि यसको सैद्धान्तिक ज्ञान पनि चाहिने भएकाले एमबीए जोइन गरे। त्यसपछि मास्टर इन बिजनेश एडमिनिस्ट्रेसन सकेर यही क्षेत्रमा आबद्ध छन्।
खासगरी, उनले कम्पनी स्थापना गर्दा जम्मा २२ वर्षका थिए। त्यसपछिको दुई वर्ष यत्तिकै बित्यो। जंगम भन्छन्, “इखमा कम्पनी दर्ता गरेर दुई वर्षसम्म चलाए। तर, त्यसपछि सिरियस बने।”
रोलिङ नेक्सस के हो ?
विगत १७ वर्ष अघिदेखि रोजगारदाता र कर्मचारीलाई आपसमा भेटाउने काम गर्दै आएको रोलिङ प्लानले सञ्चालनमा ल्याएको नयाँ कम्पनी हो रोलिङ नेक्सस।
कम्पनीका अध्यक्ष जंगमको भाषमा भन्दा, “रोलिङ नेक्सस भनेको व्यवसायिक सामाजिक सञ्जाल हो। जसले रोजगारदाता र कर्मचारीलाई भेटाउने मात्र नभई एउटै प्लेटफर्ममार्फत घरेलु उद्यमीलाई बजार, राइडसेयरिङ, विद्यार्थीलाई पार्ट टाइम जागिर समेत खोज्ने काम गर्छ।”
जंगम भन्छन्, “कम्पनी सञ्चालनको लामो समय पुलको काम गरियो। भइसकेको जागिरलाई देखाइदिने मात्रै काम भयो। त्यसले हामीलाई धेरै सन्तुष्टि दिएन।”
रोजगारदाता र कर्मचारी÷श्रमिक भेटाउने मात्र नभई रोजगारी नै सृजना गर्ने प्लेटफर्म बनाउन तातिए जंगम। यही काममा २०१४ देखि होमिए र नेक्सस बनाउन तीन वर्ष लाग्यो।
तीन वर्षमा लगानीसमेत तीन करोड रुपैयाँ खर्च भयो। नेक्ससमा मानिसहरु आफूआफू भेट भएपछि आफैंले रोजगारी सिर्जना गरुन। अवसर सिर्जना गरुन।
यसैगरी, विदेशमा रोजगारी गर्न चाहनेहरुलाई पनि यसले समेट्ने छ। उनीहरुलाई विदेश जाने प्रक्रिया, राम्रो मेनपावरसँग भेटाउने, सिप सिकाउने लगायतका काम गर्नेछ।
यसैगरी, विदेश गइसकेका नेपालीलाई पनि समेट्ने र उनीहरुको गुनासो राख्ने प्लेटफर्म मोबाइल एपमा राखिएको छ। विदेश बसेर नेपाल फर्किनेहरुलाई पनि समेट्ने लक्ष्य लिँदै कम्पनीले सहजीकरण गर्दिन्छ ।
उनीहरुको इच्छा अनुसार नेपालमा रोजगारी खोजिदिने र उद्यम गर्न चाहनेहरुलाई त्यससम्बन्धी जानकारी दिनेछ।
यससँगै, दक्ष र अदक्ष जनशक्तिलाई समेट्ने लक्ष्यसहित घर सम्बन्धी सबै प्रकारका काम पनि यही एपबाट गर्न सकिन्छ। उदाहरणका लागि घरधनीले आफूलाई कारपेन्टर, प्लम्बर र पेन्टर चाहियो भनेर एपमा विज्ञापन हाल्छ र उक्त काम जानेकाले त्यसलाई एसेप्ट गरेर दुई पक्षबीचको सहमतिअनुसार काम गर्न सकिन्छ।
यस एपमा विभिन्न प्रकारका १५ वटा मोडुल छन्। ती मोडुलहरुमा नेक्सस बजार, जब, राइड सेयरिङ, घरसम्बन्धी काम, भाषा ट्रान्सलेट, व्यवसायिक मिटिङ, उत्पादनको बजारीकरण, एपबाटै पढ्न र पढाउन पाइने लगायका फिचर छन्।
" /> काठमाडौं। नेपालजस्तो विकासशील मुलुकको सबैभन्दा ठूलो समस्या रोजगारी हो। अन्य देशमा जस्तै नेपालमा पनि १६ देखि ६४ वर्ष उमेर समूहका जनशक्तिले आफ्नो क्षमताअनुसार रोजगारी पाउँदैनन्।यतिमात्र नभई साना तथा घरेलु उद्यमीले उत्पादन गरेका घरेलु सामाग्रीले बजार समेत पाउँदैन। जसका कारण, तत्कालीन अवस्थाका साना र भविष्यमा ठूला उद्यमी बन्ने सम्भावना बोकेका उर्जाशील उद्यमी जन्मिन सक्दैनन्।

">