काठमाडौँ। अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो सात महिनामा अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धतामा ७१.५ प्रतिशतले वृद्धि भएको छ।
अर्थ मन्त्रालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो सात महिना (साउन देखि माघसम्म)मा कूल १ खर्ब ८७ अर्ब ४४ करोड रूपैयाँ अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धता सरकारले प्राप्त गरेको छ।
अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को सोही अवधिमा १ खर्ब ९ अर्ब २८ करोड रूपैयाँ बराबरको अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धता प्राप्त भएको थियो। अघिल्लो वर्षको तुलनामा यस वर्ष अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धतामा ७१.५ प्रतिशतले वृद्धि भएको छ।
यो वर्ष प्राप्त अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धतामा अनुदान सहायता ९.७ प्रतिशत र ऋण सहायता ९०.३ प्रतिशत रहेको छ। कूल अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धतामध्ये द्विपक्षीय सहायता ३.३ प्रतिशत र बहुपक्षीय सहायता ९६.७ प्रतिशत रहेको अर्थ मन्त्रालयले जनाएको छ।
कूल अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धतामा सडक तथा सुशासन क्षेत्रमा सबैभन्दा बढी २८.८ प्रतिशत, ऊर्जा क्षेत्रमा २४.६ प्रतिशत र बजेटरी सहायताको रूपमा १२.६ प्रतिशत प्राप्त भएको छ।
अर्थ मन्त्रालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा सडक तथा सुशासन क्षेत्रमा ५४ अर्ब रूपैयाँ, ऊर्जा क्षेत्रमा ४६ अर्ब १४ करोड ५० लाख रूपैयाँ, सहरी विकास क्षेत्रमा १७ अर्ब ७६ करोड ३० लाख रूपैयाँ, शिक्षा क्षेक्षत्रमा ४ अर्ब ४६ करोड २० लाख रूपैयाँ, पुनर्निर्माण क्षेत्रमा ६० करोड रूपैयाँ, खानेपानी तथा सरसफाइ क्षेत्रमा ५ अर्ब ८९ करोड ३० लाख रूपैयाँको अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धता प्राप्त भएको छ।
यस्तै, कृषी क्षेत्रमा १० अर्ब ६५ करोड १० लाख रूपैयाँ, कोरोना नियन्त्रणमा १ अर्ब ३२ करोड ४० लाख रूपैयाँ, स्वास्थ्य क्षेत्रमा ३ अर्ब ४० करोड २० लाख रूपैयाँ, वन तथा वातावरण क्षेत्रमा १ अर्ब ७५ करोड रूपैयाँ, क्षमता विकास क्षेत्रमा १७ अर्ब ७६ करोड ३० लाख रूपैयाँ र बजेटरी सहायताअन्तर्गत २३ अर्ब ६८ करोड ४० लाख रूपैयाँको अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धता प्राप्त भएको अर्थले जनाएको छ।
चालु आर्थिक वर्षको माघ मसान्तसम्म सरकारले ७ अर्ब ४६ करोड अनुदानर २५ अर्ब ३९ करोड ऋण गरी कूल ३२ अर्ब ८५ करोड वैदेशिक सहायता पाप्त गरिसकेको छ।
" /> काठमाडौँ। अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो सात महिनामा अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धतामा ७१.५ प्रतिशतले वृद्धि भएको छ।अर्थ मन्त्रालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो सात महिना (साउन देखि माघसम्म)मा कूल १ खर्ब ८७ अर्ब ४४ करोड रूपैयाँ अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धता सरकारले प्राप्त गरेको छ।

">