काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ठूला परियोजनाहरू पहिला नै तयारी गरी लगानी सम्मेलन गर्न सके फलदायी हुने बताएका छन्।
आवश्यक तयारी नगरी लगानी सम्मेलनलगायतका कार्यक्रम गर्दा अपेक्षाकृत सफलता पाउन नसकेको अध्यक्ष गोल्छाले बताएका छन्।
“रेडिमेड प्रोजेक्टसहित छिमेकी भारत तथा चीनबाट वास्तविक लगानीकर्ता भित्र्याउने गरी काम गर्नुपर्छ,” अध्यक्ष गोल्छाले भने, “देशमा लगानी सम्मेलन त भए तर अपेक्षित रूपमा विदेशी लगानी आउन सकेन।”
गोल्छाले नेपालका केही ठूला जलविद्युत्मा रहेको प्रत्यक्ष वैदेशिक लगानीबाहेक अन्य क्षेत्रमा विदेशी लगानी भित्रिन नसकेको बताए।
महासंघले भारत, चीनलगायतका बाह्य लगानी आउन सक्ने देशका यहाँस्थित दुतावासहरूसँग पनि यस विषयमा छलफल अगाडि बढाएको उनले जानकारी दिए।
खास गरी, २०४६ सालको परिवर्तनपछि मुलुकले अवलम्बन गरेको आर्थिक उदारीकरणको नीतिसँगै नेपालमा प्रत्यक्ष वैदेशिक लगानी आकर्षित भई लगानीसमेत आएका थिए। यद्यपि विविध कारणबाट विदेशी लगानी विस्तार हुन सकेन।
“नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीहरूले प्रोफिट पनि राम्रो गरेका छन् तैपनि थप बाह्य लगानी भित्रिन सकेको छैन,” गोल्छाले भने, “समस्या कहाँ छ त्यसको निर्क्योल गर्न सरकार तथा निजी क्षेत्रको एकीकृत प्रयासको खाँचो छ।”
कोरोनाका कारण यतिखेर विश्वमा प्रत्यक्ष वैदेशिक लगानीमा कमी आइरहेको वेला कोभिडपछि नेपालमा बाह्य लगानी आकर्षण गर्न अहिलेदेखि नै गृह कार्य गर्न जरुरी छ।
महासंघको अन्तराष्ट्रिय लगानी प्रवद्र्धन समिति विस्तार कार्यक्रमलाई महासंघ सचिवालयमा सम्बोधन गर्दै अध्यक्ष गोल्छाले भने, “समितिले बाह्य लगानी आकर्षणका वास्तविक समस्याहरूको पहिचानसहित महासंघको सुझाव तयार गर्न आवश्यक छ।”
" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ठूला परियोजनाहरू पहिला नै तयारी गरी लगानी सम्मेलन गर्न सके फलदायी हुने बताएका छन्।आवश्यक तयारी नगरी लगानी सम्मेलनलगायतका कार्यक्रम गर्दा अपेक्षाकृत सफलता पाउन नसकेको अध्यक्ष गोल्छाले बताएका छन्।

">