काठमाडौँ। नेपाल बैंकले दैलेखको नारायण नगरपालिकामा आफ्नो २०५ औँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले नगरपालिका–१ दैलेख बजारमा स्थापना शाखा सञ्चालनमा ल्याएको हो।
बैंकका सञ्चालक समितिका अध्यक्ष मधुकुमार मरासिनी तथा नारायण नगरपालिका प्रमुख रत्नबहादुर खड्काले संयुक्त रूपमा शाखाको उद्घाटन गरे। कार्यक्रममा बैंकका अध्यक्ष मरासिनीले दैलेख जिल्लामा प्रतिस्पर्धात्मक माध्यमबाट सुलभ र सहज बैकिङ्ग सेवा दिने गरि नेपाल बैंक आएको बताए।
यस्तै, नगर प्रमुख खड्काले बिगतमा दैलेख जिल्लामा खोलिएको नेपाल बैंकलाई दैलेखवासीले स्मरण गरिरहेकोले आज सञ्चालनमा आएको दैलेख शाखाबाट दिगो बैंकिङको अपेक्षा गरेको बताए।
" /> काठमाडौँ। नेपाल बैंकले दैलेखको नारायण नगरपालिकामा आफ्नो २०५ औँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले नगरपालिका–१ दैलेख बजारमा स्थापना शाखा सञ्चालनमा ल्याएको हो।बैंकका सञ्चालक समितिका अध्यक्ष मधुकुमार मरासिनी तथा नारायण नगरपालिका प्रमुख रत्नबहादुर खड्काले संयुक्त रूपमा शाखाको उद्घाटन गरे। कार्यक्रममा बैंकका अध्यक्ष मरासिनीले दैलेख जिल्लामा प्रतिस्पर्धात्मक माध्यमबाट सुलभ र सहज बैकिङ्ग सेवा दिने गरि नेपाल बैंक आएको बताए।
यस्तै, नगर प्रमुख खड्काले बिगतमा दैलेख जिल्लामा खोलिएको नेपाल बैंकलाई दैलेखवासीले स्मरण गरिरहेकोले आज सञ्चालनमा आएको दैलेख शाखाबाट दिगो बैंकिङको अपेक्षा गरेको बताए।
">