सेयर बजार ६३ अंकले बढ्यो
<p style="text-align: justify;">काठमाडौं। साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६३.३८ अंकले बढेको छ।</p>
<p style="text-align: justify;">विहान २४ सय ९४ अंकबाट कारोबार सुरु भएको नेप्से सूचक २५ सय ३८ अंकमा पुगेर बन्द भएको हो।</p>
<p style="text-align: justify;">यसक्रममा आज ५ अर्ब ९१ करोड रूपैयाँ बराबरको एक करोड २४ लाख कित्ता सेयर किनबेच भयो।</p>
<p style="text-align: justify;">सूचक दोहोरो अंकले बढेको दिन नेप्सेमा कारोबार भएका सबै १३ समूहमा सुधार आएको छ।</p>