अब नेपालबाट सिधै विदेशी कम्पनीलाई भुक्तानी <p>काठमाडौं। नेपाल राष्ट्र बैंकले नेपालबाट विदेशी अनलाईन कम्पनीलाई पैसा तिर्नसक्ने व्यवस्था लागू गरेको छ।<br /> केन्द्रीय बैंकले विदेशबाट वस्तु तथा सेवा खरिद गर्दा ५०० डलरसम्म भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको हो।<br /> यसका लागि &lsquo;क&rsquo; र &lsquo;ख&rsquo; वर्गका बैंकहरुले वार्षिक ५०० डलर बराबरको प्रिपेड कार्ड जारी गर्न सक्छन्।<br /> यसअघि डलर खाता भएकाले मात्रै विदेशी कम्पनीलाई भुक्तानी गर्न सक्ने व्यवस्था कायम थियो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्