चन्द्रागिरिको सेयर मूल्य १५ सय माथि <p>काठमाडौं। चन्द्रागिरि हिल्सको सेयर मूल्य प्रतिकित्ता एक हजार ५६३ रुपैयाँ पुगेको छ।&nbsp;</p> <p>नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएदेखि नै निरन्तर बढेको चन्द्रागिरीको सेयर आज पनि ९.९९ प्रतिशतले बढेको छ।</p> <p>नेप्सेका अनुसार आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४२ रुपैयाँले बढेको छ। विहान कारोबार खुल्दा यसको सेयर मूल्य एक हजार ४२१ रुपैयाँ थियो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्