काठमाडौं। नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली कार्यान्वयनलाई सहयोग गर्दै नेपाल क्लियरिङ हाउस लिमिटेडले आरटीजीएस प्रणाली कार्यान्वयनमा ल्याएको छ।
भुक्तानी कारोबारहरू प्रविष्ट गर्न तथा बैंकको बैंकिङ प्रणालीसँग अटोमेटेड गर्न बैंकहरूले आरटीजीएसलाई गेटवेको रूपमा प्रयोग गर्ने छन्।
अधिकांश बैंकहरूले आरटीजीएस कार्यान्वयनका लागि क्लियरिङ हाउसलाई इन्टिग्रेसन पार्ट्नरको रूपमा नियुक्त गरेका थिए, जसअन्तर्गत इन्वार्ड, आउटवार्ड र रिपोर्टिङका लागि आवश्यक प्रणाली तथा बैंकहरूलाई स्वसंचालन सम्बन्धी सहयोग हाउसनले गरेको छ।
आरटीजीएस प्रणालीमार्फत ठूलो मूल्य र तत्काल भुक्तानी गर्नुपर्ने कारोबारहरू सदस्य बैंक र वित्तिय संस्थाहरूबीच गरिन्छ। आरटीजीएस प्रणाली सामान्यतया तत्काल फण्ड प्राप्त गर्न र अन्य भुक्तानी प्रणालीको फर्छ्योट सम्बन्धी जोखिम न्यूनीकरण गर्र्न प्रयोगमा ल्याइने एक राष्ट्रिय भुक्तानी प्रणालीको मेरुदण्डको रूपमा लिइन्छ।
नेपाल राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको आरटीजीएस प्रणालीलाई नेपालमा भुक्तानी प्रणाली क्षेत्रको लागि एक महत्वपूर्ण कोशेढुङगाको रूपमा लिइएको छ।
यो प्रणाली पहिलो चरणमा ‘क’ वर्गका बैंकहरूका लागि प्रदान गरिएको छ भने नेपाल राष्ट्र बैंकबाट स्विकृतीपश्चात यसलाई ‘ख’ तथा ‘ग’ वर्गका वित्तिय संस्थाहरूलाई पनि उपलब्ध गरिनेछ।