नेपालका २५.२ प्रतिशत जनसंख्या बीमाको दायरामा
<p>काठमाडौं। नेपालको कुल जनसंख्याको २५.२ प्रतिशत जनसंख्या बीमाको दायरामा आएको छ।</p>
<p>अर्थमन्त्रालयको चालू आर्थिक वर्षको सात महिनाको तथ्यांकअनुसार यस अवधिमा २२.८ प्रतिशत जनसंख्या बीमाको दायरामा आएका छन्।</p>
<p>वैदेशिक रोजगार बीमालेखलाई पनि तथ्यांकमा समेट्दा २५.२ प्रतिशत पुगेको मन्त्रालयले बताएको छ।</p>
<p>अघिल्लो वर्षको यही अवधिमा वैदेशिक रोजगारीमा जानेसहित जम्मा २३.८ प्रतिशत नेपाली बीमाको दायरामा आएका थिए।</p>
प्रतिक्रिया दिनुहोस्