नेप्से २४ अंकले घट्यो
<p style="text-align: justify;">काठमाडौं। आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २४ अंकले घटेको छ।</p>
<p style="text-align: justify;">कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक दोहोरो अंकको गिरावटसँगै २५ सय १४ अंकमा आइपुगेको छ।</p>
<p style="text-align: justify;">यसक्रममा नेप्सेमा पाँच अर्ब ३५ करोड रूपैयाँको कारोबार भएको छ भने एक करोड कित्ता सेयर किनबेच भएको छ।</p>
<p style="text-align: justify;">आज होटल एण्ड टुरिजम र जलविद्युत बाहेक सबै समूहमा गिरावट आएको छ।</p>