सेयर बजारमा १४ अंकको सुधार
<p>काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४ अंकले बढेको छ।</p>
<p>कारोबार खुलेको समयदेखि बढ्न थालेको नेप्से सूचक २५ सय २८ अंकमा पुगेर रोकिएको छ।</p>
<p>यस क्रममा आज ५ अर्ब १४ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।</p>
<p>बजार सुधारिए पनि आज बैंक, विकास बैंक, वित्त, उत्पादनमूलक, अन्य र जीवनबीमा कम्पनी समूह घटेको छ। यीबाहेक अन्य समूहमा भने सुधार आएको छ।</p>
प्रतिक्रिया दिनुहोस्