वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ४९ संस्था नवीकरण <p>काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ४९ संस्थाहरू २०७८ पुस मसान्तसम्मका लागि नवीकरण गरेको छ।&nbsp;</p> <p>मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ७२, वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ४५ र वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७२ अनुसार संस्थाहरू नवीकरण गरेको हो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्